रजनीको चाहना छ स्वर्णिम बिहानी
सरोवरपङ्कजको उर्ले छ जवानी
पङ्कजको भावना हो सुद्धताको खोजी
भँवरोको चाहना हो अमृतको खानी
छताछुल्ल मधुरस पुष्पसुराहीमा
सूँडभित्र प्रवेशभो साँच्चै आफ्नो ठानी
समाजको स्वर्णहार विवादको माला
पङ्कजका आँखा खुले बसिन् आँखा तानी
भँवरो छ मदमस्त गयो दिल लुट्न
पङ्कज त लुटिइन् लौ भई पानी पानी
