Skip to content

सदानन्द अभागी

सिर्जनाका रहरहरू पढ्दा पढ्दै

परिचय – दुर्गा रिमाल (अधिकारी)जीसँग कपन वानेश्वरले २०७४ साल श्रवण ७ गते आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा प्रत्येक्ष हुने मौका मिल्यो । यस अवसरमा उहाँका ‘सिर्जनाका रहरहरू’ र ‘त्रिवेणी’ कवितासङ्ग्रहहरू दुई थान उपहार्स्वरूप प्राप्त गर्ने सौभाग्य मिल्यो । यी कृतिहरू आज ‘सिर्जनाका रहरहरू’लाई पढ्ने दिन जुर्यो र केही शब्द कोर्ने मन पनि जाग्यो ।

शब्दयात्रीलाई अवलोकन गर्दा

कवि लोकनाथ खराल २०२० साल मुगसिर तेह्र गते गुल्मी अर्लाङ्कोटमा जन्मनु भएको थियो हाल भने कावासोती नगरपालिका वडा नं २मा बसोबास गर्दै आउनु भएको छ । छन्दोबद्ध कवितामा आफूलाई परिचित गराउने खरेलका हालसम्म अक्षरयात्री कवितासङ्ग्रह, २०६५ र शब्दयात्री कविता सङ्ग्रह, २०७४ कृतिको साथै विभिन्न पत्रपत्रिकामा थुप्रै फुटकर कविताहरू प्रकाशनमा आएका छन् । उपन्यास, नाटक–एकाङ्की, गीतिसङ्ग्रह, कविता एव म कथासङ्ग्रह आदि प्रकाशोन्मुखको रूपमा तयारी गर्दै गरेका कवि खराल हिमायती (साहित्यिक मासिक) कावासोतीका सम्पादक पनि हुन् ।

पाँच मुक्तक (हिन्दू दर्शन)

हिन्दू दर्शन
हिन्दू दर्शन मान्यो भने कर्म–फल भन्छन्
परिश्रम गरी प्राप्त फल कर्म–बल भन्छन्
समताको नारा मात्रै फल कहीं भेटिदैन
आखिरमा सन्तोष लिन भाग्य–छल भन्छन्

“अनमोल पुरस्कारहरू”को एक विवेचना

वि.सं. २०२७ चैत्र १८ गते शंकरपोखरी पर्वतमा, माता यशोदा रिजाल र पिता प्रेमप्रसाद रिजालको जेष्ठ पुत्रको रूपमा जन्मनु भएका भेषराज रिजालले वि.कम. विएड. र एम. ए.सम्मको शैक्षिक योग्यता हाँसिल गर्नुभएको छ साथै सरकारी सेवामा उपसचिव पदमा कार्यरत हुनुहुन्छ । २०४७ सालबाट २०५३सम्म शिक्षक सेवामा कार्यरत रहेर २०५३ देखि हालसम्म सरकारी सेवामा विभिन्न पदमा कार्यरत भै राष्ट्र, जनता र साहित्य सेवामा आफूलाई समर्पित गर्दै आउनु भएको छ ।

मेरा पाइलाहरू (यात्रा अनुभूतिका पाइलाहरू) एक अध्ययन

परिचय
वि.सं. २०२७ चैत्र १८ गते शंकरपोखरी पर्वतमा, माता यशोदा रिजाल र पिता प्रेमप्रसाद रिजालको जेष्ठ पुत्रको रूपमा जन्मनु भएका भेषराज रिजालले वि.कम. विएड. र एम. ए.सम्मको शैक्षिक योग्यता हाँसिल गर्नुभएको छ साथै सरकारी सेवामा उपसचिव पदमा कार्यरत हुनुहुन्छ । २०४७ सालबाट २०५३सम्म शिक्षक सेवामा कार्यरत रहेर २०५३ देखि हालसम्म सरकारी सेवामा विभिन्न पदमा कार्यरत भै राष्ट्र, जनता र साहित्य सेवामा आफूलाई समर्पित गर्दै आउनु भएको छ ।

स्वप्नदृष्टि यात्रा महाकाव्यको शल्यक्रिया गर्दा

परिचय –रामप्रसाद ज्ञावलीको जन्म, वि.सं.२०२४ वैशाख११ गते थानापति गा.वि.स.को वडा नं –३ मा पिता पं दुर्गाप्रसाद ज्ञावली र माता कुन्तादेवी ज्ञावलीका काहिँला पुत्ररत्नको रूपमा, भएको हो । उहाँले आफ्नै घरबाटै अध्ययनको प्रारम्भ गर्दै स्थानीय विद्यालयबाट औपचारिक शिक्षको थालनी गर्नुभयो । बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री प्रथम श्रेणीमा पास गरी, त्रिभूवन विश्वविद्यालयबाट नेपाली विषयमा एम.ए. प्रथम श्रेणीमा प्रथम भै सोही विश्वविद्यालयबाट नै नेपाली महाकाव्यमा वर्गीयता र वर्गद्वन्द्वको अभिव्यक्ति विषयमा विद्यावारिधिसम्मको उच्च शैक्षिक योग्यता हासिल गर्नुभएको छ । उहाँ आफूलाई शैक्षिक पेसामा समर्पित गर्नुभएको छ ।

स्वर्गको यात्रा – सर्ग ०२ (दुई)

उपकारी गुणीव्यक्ति धर्मका हुन् सार
भगवानले लिने गर्छन् विविध अवतार
उनकै संतुलनले चलेको छ यो संसार
यस्ता दीनदयालको गरौं जय जयकार

सबका अधिपतिलाई कल्पवृक्ष ठानौ
धर्मलाई यही वृक्षको मूल जरो मानौ
वेद काण्ड, पुराण शाखा, यज्ञ हुन पुष्प
यही पुष्पबाट प्राप्तफल मोक्ष भनी जानौ

स्वर्गको यात्रा – सर्ग ०१ (एक)

ए हरि ए हरि जगत जमायौ
दुई दिनमा मर्न पर्ने जीव बनायौ

जन्मेपछि मर्छ जीव यो त धुवसत्य्र
सत्यलाई आधारमानी कोरेको छु कथ्य
यै सत्यको कर्मफल चाख्नलाई आज
तिम्रै आराधना गर्न लागेको छु नित्य

वियोगान्त उपन्यास स्मारिकाको एक झलक

परिचय–
कावासोती नगरपालिकामा आजकल युवाहरू साहित्यको विकासको लागि लागिपरेको पाइन्छ । यहाँ कहिले एकल कविता वाचन हुन्छ भने कहिले युगल गजल वाचन तथा गजल गायनका कार्यक्रम भएको पाइन्छ । साधाना सङ्गमको मासिक साहित्यिक कार्यक्रम एनकेन चलेकै छ । साहित्यिक संस्थाहरूले पनि साहित्यिक कार्यक्रम फाटफुट सञ्चालन गरेको पाइन्छ । मध्यविन्दु, सामर्थ्य, नवलपुर र कावासोती एफएमहरूले पनि साहित्यिक कार्यक्रम सञ्चालन गरेर साहित्यको सवलताको लागि सेवा पुर्याइरहेका छन् । देउचुली र स्टार च्यानल पनि साहित्यिक कार्यक्रममा सकृय देखिन्छन् ।कृतिहरू पनि प्रकाशन भै रहेकाा छन् ।

तीनजुरेदेखि अनार खोलीसम्म, अनुभव कथा संगालो एक झलक

कपन बानेश्वर साहित्यिक सप्ताहिकको २०७४ श्रावण ७ गतेका दिन सञ्चालित साहित्यिक कार्यक्रममा एक जान उच्च कद, आकर्षक व्यक्तित्त्वले यी दुइवटा मेरा कृतिमा “तीनजुरेदेखि अनारखोलीसम्म”समालोचनाको लागि हो भन्दै हतार हतारमा प्रदान गर्नुभयो र उहाँ हतारमै बाहिरिनु पनि भयो । तत्क्षणत मैले उहाँलाई चिन्न सकिन तर उहाँका कृति “तीनजुरेदेखि अनारखोलीसम्म” र “आमा मेरी आमा (सम्झनाका केही विम्बहरू)”का आवरण पृष्ठबाटै मलाई याद आयो, उहाँ कृषिमन्त्रालयमा उपसचिव हुँदा मलाई बरिष्ठ माटो विज्ञको बढुवाको पत्र थमाउनु भएको थियो । एकातिर मलाई उहाँसँग भेटहुन पाएकोमा अत्यान्त खुसी पनि लाग्यो तर परिचय नविकरण गर्न नपाएकोमा निकै निरुत्साही पनि भएँ । उहाँको ‘तीनजुरेदेखि अनारखोलीसम्म’अनुभव कथा संगालो अहिले मैले अध्ययन गर्दै छु र मलाई लागेका केही बुँदाहरू यहाँ पस्कने अनुमति चाहन्छु ।

जीवनयात्रा महाकाव्यको शैल्यक्रिया

माधवप्रसाद चालिसेको जन्म वि.संस २०१४/१०/०६ सालमा पिता पंण्डित भवीश्वर चालिसे र माता पवित्रा चालिसेका पुत्ररत्नको रूपमा जैदी बाग्लुङ धौलागिरी अञ्चलमा भएको थियो । हाल माधवजी ॐशान्तिमार्ग गैडाकोट –५ नवल परासीमा आउनु भएको छ । साहित्याचार्य शैक्षिक योग्यता भएका माधवजी नेपाल संस्कृत विश्वविद्यालय कालिका र्संस्कृत विद्यापीठ गैडाकोट नवलपरासीको सहप्राध्यापकको साथै साहित्य तथा सिद्धान्तज्योतिषको विभागाध्यक्ष हुनुहुन्छ ।

‘तिम्रै पर्खाइमा’लाई नियाल्दा

भनिन्छ प्रतिक्षाको घडीको सुई निकै ढीलो गरी घुम्छ । पर्खदा पर्खदा निकै पट्यास पनि लाग्न सक्छ तर जब मिलनको घडीको समय आउँछ, त्यतिवेला जो आनन्द आउँछ समय बितेको थाहै लाग्दैन । यहाँ टीका देवी पोख्रेलको ‘तिम्रै पर्खाइमा’ म अध्ययनमा व्यस्त छु । यहाँ मैले समयको आवाज कति बुलन्द भएर दगुरेको छ या आनन्ददायी जीवनका पहलहरूमा सुनमा सुगन्ध थपेको छ या निरासका पाइलाले विकासका पाइलाहरूमा अवरोध खडा गरेको छ त्यसको लेखा जोखा गर्न भने बाँकी नै छ । सर्वप्रथम टीकादेवी पोखरेल सापकोटाको परिचयमा लागौं ।

दुई मुक्तक (खेती गर्दा, चाकडी)

खेती गर्दा

खेती गर्दा अन्न मिल्छ काम गरे दाम
अकर्मी त भोकै बस्छ रुन्छ दिवासाम
मन्दिर मस्जिद हिड्नु सन्तोषको लागि
ढुक्क भई कर्म गर्यौं अघि आउँछन् राम ।

तीन मुक्तक (धर्मशास्त्र, हिन्दू दर्शन, पूजाआजा)

हिन्दू दर्शन
हिन्दू दर्शन मान्यो भने कर्म–फल भन्छन्
परिश्रम गरी प्राप्त फल कर्म–बल भन्छन्
समताको नारा मात्रै फल कहीं भेटिदैन
आखिरमा सन्तोष लिन भाग्य–छल भन्छन्

पन्थदेउरालीमा पुग्दा एक विवेचना

मानव जीवन कति लामो या कति छोटो भन्ने ।किनकि मानिस धेरै लामो समयसम्म बाँचे सयवर्ष बाँच्ला । त्यो पनि गतिहीन अवस्थामा । गतिहीन अवस्थामा बाँच्नु र मर्नुमा के नै भिन्नता हुन्छ र ? सकृय जीवन नै मानवको यथार्थ जीवन हो । निस्कृयता र बुढ्रयौली जति जति बढदै जान्छ मानिस त्यति त्यति सबैसँग टाढिदै जान्छ र अपहेलित बन्दै जान्छ । त्यसो हुँदा सकेसम्म मानिसले आफूलाई सक्रिय बनाई राख्नु पर्छ । हुनत भन्ने गर्दछन् तनले मानिस बूढ्यो भए पनि मनले र भावनाले मानिस कहिल्यै बुढो हुँदैन ।

कालीगण्डकी महाकाव्यको शैल्यक्रिया

नवराज पान्डेय ‘चातक’को जन्म २०२१ सालमा पिता पंण्डित सिद्धिनाथ पाण्डे र माता जानकी पाण्डेका पुत्ररत्नको रूपमा सुवर्ण खाल (१ अर्घाखाँचीमा भएको थियो । हाल उहाँको ठ्गाना बुटवल – ९, रुपन्देही हो । नवराजका नित्यकर्मपद्धि (२०५८),वेद स्तुति नेपाली व्याख्य (२०६४ ), परमानन्दचरितामृत म संस्कृत काव्यम्(२०६८), नित्यकर्मविधि (२०६९), परमलघुमञ्जूषातत्त्वविचार (व्याकरण २०७३), र कालीगण्डकी (महाकाव्य) कृतिहरू बजारमा आइसकेका छन् । नवराजको शिक्षा क्षेत्रका विविधपदमा रहेर आजसम्म माध्यमिक शिक्षण सेवा (२०४४–२०४७) र नेपाल संस्कृत विश्वविद्यालय सेवा (२०५० देखि हालसम्म)मा लामो अनुभव छ साथै शिक्षा क्षेत्रमा उहाँले पुर्याएको योगदान अनुकरणीय छ । शिक्षा क्षेत्रमा पुर्याएको लामो योगदानलाई कदर गर्दै शिक्षा पुरस्कार (२०६४ले विभुषित हुनु भएको छ । त्रिवेणी साहित्य परिषद, नवलपरासीको आजीवन सदस्य हुनुहुन्छ ।

भिजेका अक्षर (खण्डकाव्य)लाई सरसर्ती पढ्दा

गणेश ‘‘कौडिन्य’’द्वारा रचित ‘भिजेका अक्षर’ खण्डकाव्य बरिष्ठ साहित्यकार ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) मार्फत प्राप्त गरें । यो कृति प्राप्त भएपछि अध्ययन गरियो र यसमा अभिव्यक्त धारणालाई यहाँ सारसंक्षेप प्रष्टयाउने काममा लागें । वास्तवमा खण्डकाव्य काव्यको मझौला रूप हो । ‘भिजेका अक्षर’ कृतिकारको आठौ कृति हो । यो कृति बजनारमा आउनुभन्दा पहिला आमाको गुनासो र अर्ती (लघुकाव्य २०५४), नदीका सुमधुरवचन (खण्डकाव्य, २०५६), गुल्यो तीतो (डोटेली कवितासङ्ग्रह २०६१),घरगृहस्थ र वातावरण (काव्य, २०६६), पेटारो बाल कविताङ्ग्रह (२०६८), वह शोक काव्य (२०६८), भावोद्गार (फुटकर कवितासङ्ग्रह २०६९) बजारमा आइसकेका छन् ।

जागिरे जीवनका तीता मीठा अनुभूतिका संक्षिप्त झलक

मानिसको जन्मदेखि मरण अवधी बीचको समय नै मानव जीवनको सफल र असफलताको मार्ग हो । संघर्षमय जीवनको यात्रामा कहिले सफल भइन्छ भने कहिले कुनै कर्ममा असफल पनि भइन्छ । तर असफलमा हुँदैमा निरास र सफलतामा हर्षित भएर हौसिने काम भने मबाट कहिल्यै भएन । मेरो जन्म हालको पर्वत जिल्लाको शंकरपोखरी गाविस वडा नं ४ ठूलाघरमा २००३ सालमा भएको थियो । मेरो जन्म हुँदा देशमा राणा शासन थियो । गरिबीले घरमा सताएको थियो भन्न पनि नहिचकिचाए हुन्छ । बढ्दै जाँदा अध्ययन गर्ने धारणा पलाएको तर त्यति वेला सहजरूपमा अध्ययनको लागि विद्यालयको सुविधा थिएन ।

छरिएका फूलहरू एक झलक

छरिएका फूलहरूका कृतिकार हुनुहुन्छ वेदप्रसाद शर्मा ढकाल । उहाँको जन्म पिता स्व.पं.होटराज ढकाल र माता स्व. उमादेवी ढकालका पुत्ररत्नको रूपमा २००९ साल पुस १६ गते वालिङ नगर पालिका वार्ड नं –८तिरासी, यवादी, स्याङ्जामा भएको थियो । उहाँ हाल कावासोती नगरपालिका वडा नं ३ गुम्वाचोकमा स्थाचयी बसोबास गर्दै आउनु भएको छ । उहाँले सम्पूणा नन्द संस्कृत विश्व विद्यालय वाराणसीबाट स्नातक गरेको हुनुहुन्छ । २०३१ सालदेखि नवलपरासीका विभिन्न विद्यालयहरूमा शिक्षण सेवामा सम्लग्न रही हाल सेवा निवृत्त भएर समाज सेवा र साहित्य साधनामा रमाइरहनु भएको छ । उहाँ त्रिवेणी साहित्य परिषद नवलपरासीको आजीवन सदस्यको साथै विभिन्न संस्थामा आवद्ध हुँदै ब्राह्मण समाज, नवल परासीको जि.का. सदस्य एव म केन्द्रीय पार्षद भै विविध क्षेत्रमा सेवा पुर्याउँदै आउनु भएको छ ।

नव माधुरी पूर्णाङ्क –२९ त्रैमासिक अङ्क –२२ सरसरती पढ्दा

माधुरी साहित्य प्रतिष्ठान कुश्मा पर्वतबाट प्रकाशित नव माधुरी विविध साहित्यिक विविधताको राष्ट्रिय पत्रिका –२९, समीक्षार्थ हात लाग्यो ।सर्बप्रथम त यो पत्रिका कुश्मा पर्वतको माधुरी साहित्य प्रतिष्ठानको प्रकाशन र सरस्वती शर्मा जिज्ञासुको सम्पादनमा ११ वर्षदेखि अविक्षिन्न रूपमा प्रकाशित हुँदै आएको छ । प्रेस काउन्सिल नेपालको वर्गिकरणबाट क्षेत्रीय क वर्गमा वर्गिकृत हुन सफल देखिन्छ । यसको श्रेय साहित्यकार, सम्पादक, पत्रकार,समाजसेवी, राजनीतिक कर्मी र मानव अधिकार कर्मी सरस्वती शर्मा ‘जिज्ञासु’मा जान्छ । उनी एक हुन् तर उनका विशेषताहरू अनेक छन् ।