सदानन्द अभागी
जन्म–मरणका कष्टदायी समयहरू
मानव जीवन एउटा चेतशील र अमूल्य जीवन हो यो अमूल्य जीवनमा मानिसले सार्थकतालाई हात पार्न सक्नु पर्छ र सार्थकतामा बाँचेको सार हुन्छ । हाम्रो धर्मशास्त्र, पूराणहरूले यही भन्दछन् कि यो सार्थक जीवन (अमूल्य जीवन)लाई खेर जान दिन हुँदैन र सार्थक उपलब्धी (मोक्ष प्राति)को लागि खर्च गर्नु पर्दछ । यस विषयमा गरुडले र विष्णु भगवानसँग जन्म मरणको चक्रमा मानिसले कसरी नरक पाप भोगी प्रेत मातृ गर्भ भेट्छन भन्ने जिज्ञासा राख्नुहुन्छ ।
शिक्षा
शिक्षा शब्द सुन्दा नै गहन छ । वास्तवमा विद्यालय, महाविद्यालय तथा घरमै बसेर पनि अध्ययनको व्यवस्था मिलाउने तथा ज्ञान लिने अर्थले बुझ्न सकिन्छ । किनकि शिक्षा हाँसिल गर्न विद्यालय महाविद्यालय गएर नै हुन्छ भन्ने छैन । घरमै बसेर स्वअध्ययन गरेर पनि शिक्षा हाँसिल गर्न सकिन्छ । घरमा बसेर स्वअध्ययन गर्दा र विद्यालयमा गएर शिक्षा हाँसिल गर्दा प्रमाणिकमा फरक भने अवश्य पर्दछ । विद्यालयमा अध्ययन गर्दा शैक्षिक प्रमाणपत्र प्राप्त गर्न सकिन्छ भने स्वअध्ययन जे जति ज्ञान हाँसिल गरे पनि प्रमाणपत्र प्राप्त गर्न सकिदैन । ज्ञानी बन्नको लागि स्वअध्ययनले पनि मानिसलाई उच्चाइमा पुर्याउँछ ।
ज्याग्दी खोलाको तरङ्गको शैल्यक्रिया
ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले ज्याग्दी खोलाको तरङ्ग शीर्षकमा प्रकाशन गरेको वर्ष १ अङ्क १ बैशाख–असौज २०७२, साहित्यिक पत्रिका साहित्यकार एव म पूर्व उपसचिव चिरञ्जीवी सिग्देलबाट समीक्षार्थ प्राप्त हुन आयो । प्रधान सम्पादक देवेन्द्र लम्साल, कार्यकारी सम्पादक परशुराम कोइराला र सम्पादक शालिकराम लम्सालद्वारा सम्पिादित र ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले प्रकाशन गरेको यो पत्रिकालाई अध्ययन गर्दा, ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाको विधान हेर्दा हालसालै स्थापन भएको यो प्रतिष्ठानको प्रथम प्रकाशन ज्याग्दी खोलाको तरङ्ग एउटा आकर्षक र स्तरीय पत्रिकाको रूपमा अध्ययन गर्न पाएँ र लाग्यो मोफसलबाट प्रकाशित यो पत्रिकाले नेपाली साहित्य जगतमा एउटा कोशे ढुङ्गा थप्न सफल हुनेछ भन्ने आशा जागेर आयो ।
बुढाहरूको गन्थन
संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजनाको बारेमा प्राथमिकता दिनको लागि अनुरोध गरिरहेका थिए । हामी मध्येमा एकजना ९० वर्ष नाघिसकेका थिए भने सायद सबैभन्दा कान्छोमा म नै थिएँ होला । उमेरले धेरै वर्षका भए पनि ९० पार गरिसकेका बुढाको उच्चाइमा अरुभन्दा होचो शरीर, कपालका रौं पनि कालै हँसिलो मुहार, हिंडाइ पनि लचकदार आदि शारीरिक सम्रचनाले गर्दा नब्बेपार गरेका बुढामा गणना गर्न सुहाउँदैनथ्यो । हामी तीन जना भने सेतै फुलेका थियौं । सेतै फुले पनि गफगर्न भने सबै नै कोही कमी थिइनौं ।
