साहित्यकार कृष्णविक्रम राणाको कुराकानीमा सहभागी हुँदा
२०७५ सालको लक्ष्मीपूजाका दिन (मिति २०७५ साल कार्तिक २१) लक्ष्मीस्मृति साहित्य समाज कावासोतीले महाकवि लक्ष्मीप्रसाद देवकोको जन्मजयन्ती मनाउने क्रममा भारतको पूर्वउत्तर असम डगिबोईका साहित्यकार कृष्णविक्रम राणा र देवीमाया सावकोटा साथै दुलियाजानका साहित्यकार महेन्द्र साहीलाई सम्मान गर्ने सुवर्ण मौका पायो । यसै अवसरमा कृष्णविक्रम राणाले मलाई उहाँको कृति ‘कुराकानी’ उपहार स्वरूप प्रदान गर्नुभयो । लगभग एक वर्षपछि पढ्ने समय जुर्यो । कृष्णविक्रम राणाको कर्मथलो डगिबोई भए पनि मातृथलो भने पर्वत जिल्ला नै रहेछ ।
