Skip to content

सदानन्द अभागी

मेरो छक्कु कवितासङ्ग्रहको शल्यक्रिया

लालचन्द्र राजभण्डारीको जीवनी केलाउँदा १९९९ साल पौष्गा १२ गते आइतबार जन्मेका उनको सारा जीवन शिक्षा र स।माज सेवामा लगानी भएको देखिन्छ । २०१८ सालमा विद्यामन्दिर माध्यमिक विद्यालयमा अध्यपनमा सम्लग्न थिए भने २०२४ सालमा उनी विद्यामन्दिर पुस्तकालयको अध्यक्ष पदमा रही सेवा गरे । २०३६ सालमा बाग्लुङ व्यपार संघको अध्यक्ष पद सम्हाल्न पाउनु भयो । २०२९ सालदेखि २०४९ सालसम्म नेपाल रेडक्रस सोसाइटी बाग्लुङ शाखाको कोषादक्ष पदमा रहेर रेडक्रसका विविध कार्यक्रममा सेवा पुर्याउनु भयो ।

पूर्वको यात्रा एक विवेचना

मानव जीवन नै एक यात्रा हो । यो यात्रामा ऊ कहिले कतै कहिले कतै यात्रामा रमाउँछ । जीवनको अन्तिम यात्रालाई मैले महायात्रा भन्ने गर्दछु त्यो यात्रा पछि स्वर्ग नर्क या पुनर्जन्म जे हुन्छ त्यो कसैलाई थाहा हुँदैन । यस पटकको यात्रा नेपाल रेडक्रस सोसाइटी कावासोतीको आयो जनामा पूर्वी नेपाल (सुनसरी, झापा र इलाम)का केही रेडक्रसका जिल्ला शाखा उपशाखाका कार्यक्रमको साथै केही धार्मिकस्थलको अवलोकन गर्ने उद्देश्य अनुरूप १६ जना रेडक्रसका पदाधिकारीहरू जाने भ्रमण कार्यक्रममा म पनि सल्लाहाकारको हैसियतले त्यस भ्रमणमा सहभागी हुने मौका पाएँ ।

राजनीतिमा लगानी बालुवामा पानी

‘राजनीतिमा लगानी बालुवामा पानी’ शीर्षक लिएर कृष्ण नेपाल (उदास)ले हामीलाई ८६ कविताको सङ्गालो प्रदान गरेका छन् । २००१साल श्रावण २६ गते पिता स्व. चिरञ्जीवी नेपाल माता गंगादेवी नेपालका सुपुत्रका रूपमा स्याङ्जा पुतली बजार नगरपालिका वार्ड नं. ४ चन्द्रसेडाँडा वरसोरमा जन्मेका भए पनि हाल उहाँ नवलपरासीमा बस्दै आउनु भएको छ । शिक्षाको हिसावले नेपालले राजनीति शास्त्रमा वि.ए. पास गर्नुको साथै एम.ए.सम्मको अध्ययन गर्नुभएको छ ।

प्रक्षेपण नियाल्दा

२०२४ साल वैशाख १६ गते हालको वेनी नगरपालिका –११, म्याग्दिमा जन्मनु भएका भक्तकार्की नेपाली साहित्यको फाँटमा कविता, बालगीत, हाइकु, ताङ्का, सङ्गित र मुक्तक क्षेत्रमा सशक्तरूपमा कलम चलाउने परिचित स्रष्टा हुन् । एउटै अञ्चलमा जन्म भएर हुर्के बढे पनि उहाँसँग साक्षत्कार भने, पर्वत साहित्य सङ्गमले आयोजना गरेको कार्यक्रम २०७३ साल पुस ९गतेको भयो । प्रथम प्रकाशित कृति मनका कोसेलीहरू (कवितासङ्ग्रह, २०५७) लिएर कृतिकारको रूपमा उदाएका भक्त कार्कीका खोइ मेरा खेलाउनाहरू (बालगीतसङ्ग्रह, २०६१), चडकन हाइकुसङ्ग्रह, २०६४), चञ्चल (बालहाइकुसङ्ग्रह, २०६४), प्रतिविम्ब (ताङ्कासङ्ग्रह, २०६४), विचरी चरी (बालगीतसङ्ग्रह, २०७०) वीर नेपाली (शब्दरचना) सङ्गित –स्लोमन( २०७१) र प्रक्षेपण ( मुक्तकसङ्ग्रह (२०७२) गरी आठ ओटा कृतिले नेपाली साहित्यलाई सम्वर्धन गर्न सफल भएका छन् ।

त्रिवेणी कवितासङ्ग्रहको विवेचना

त्रिवेणी कवितासङ्ग्रहका कृतिकार श्रीद्रोणराज उपाध्याय, पिता स्व. पं श्रीचक्रपाणी उपाध्याय र माता स्व. श्रीडम्वर कुमारी उपाध्यका सुपुत्र पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ४ अन्तरगत वँगैचाको सालघारी गाउँमा वि.सं. २००६ साल मंसिर १५मा जन्मेका हुन् । संस्कृत भाषामा स्नातकसम्म अध्ययन गरी विद्यालय तहको शिक्षकका रुपमा २०२९माघ ०८ गतेदेखि २०५६ साल कार्तिक ११सम्म त्रिभुवन उच्च माध्यमिक विद्यालय शंकरपोखरीमा नेपाली विषयको विषय शिक्षक र पदमा रही सेवा गर्दादेखि उहाँसँग मेरो परिचय भएको थियो । उनको सादा जीवन, उच्च विचार, भावनात्मक र शास्त्रीय अभिव्यक्तिदेखि म सधैं प्रभावित हुन्थे ।

‘बादलभित्रका कविताहरू’ कविता पुञ्जभित्र घोत्लिँदा

देश र विदेश (भारत र वङ्गाला देश) भ्रमणबाट विविध क्षेत्रमा अनुभव बटुल्नु भएका के..सी.ले विभिन्न संस्थामा आवद्ध भएर हालको समयमा साहित्यमा रमाउनु भएको छ । जीवनका लहरहरू, (कथासङ्ग्रह), शिवगीता गद्यमा, बगैंचाका फूलहरू कविता पुञ्ज, बादल भित्रका कविताहरूकविता पुञ्ज, कालीले धौलागिरी अञ्चल पार गर्छिन् जस्ता कृतिहरूलाई बजारमा ल्याइसक्नु भएका के.सी.का आधादर्जन जति प्रकाशोन्मुख कृतिहरू पनि छन् र विभिन्न पत्रपत्रिकामा उहाँका लेख रचनाहरू पनि हामीले पढ्न पाइरहेका हुन्छ म । किशोर अवस्थाबाटै लेखन थालनी भए पनि कृतिप्रकाशन भने जागिरे जीवनबाट विश्राम लिए पछि कथाकारको रूपमा प्रथम कथाको कृति बजारमा आयो ।

अकीर्ण आँखा कवितासङ्ग्रहको विवेचना

त्रिभुवनचन्द्र वाग्लेको ‘अकीर्ण आँखा कवितासङ्ग्रह’ मेदिनीकुमार केवलबाट प्राप्त गरें र दोहोर्याइ दोहोर्याइ पढें । पढेपछि एकदुई शब्द कोर्न मन लाग्यो र कोर्न पनि बसें । वाग्लेजीसँग मेरो परिचय यसैकृतिले गर।यो तर साक्षात्कार भने हुन सकेको छैन । उहाँको मन गन्थनानुसार उहाँको बुढाहजुरबा शिवलाल उपाध्याय वाग्लेले भजन र छन्दका श्लोक रचनाकार र हजुरबा पं. टीकानिधि (राम) वाग्ले पनि कवि हुनु र संस्कृतमा लेख्ने चलन हुँदा हुँदै पनि नेपालीमा दन्तकालीका लागि वन्दना र ‘करुणा तरङ्गिणी’ काव्य लेख्नुभएको । उहाँका पिताजी बालचन्द्र वाग्ले, माइला दाजु जगदीशचन्द्र वाग्लेले पनि मीठा कविता लेख्ने कवि, स्वय म यस कीर्तिका कृतिकार पत्रकार एव म कवि भएकोले यस खानदानले नेपाली साहित्यमा लामो समयदेखि योगदान पुर्याएको देखिन्छ ।

भुइँचालो नियाल्दा

गङ्गाजीको यो भुइचालो उहाँको अठारौं कृति हो । यो छ ओटा बालकथाको सँङ्ग्रह हो । यसको प्रकाशन अक्षरधाम प्रकाशन प्रा.लि.ले गरेको छ र मूल्य ७५/–रुपियाँ राखिएको छ । आवरण सहित ३० पृष्ठमा सजिएको यसकृतिमा देब्रे पन्नामा तस्विरहरूले ढाकेको छ भने दाहिने पन्नामा कथाले ओगटेको छ । आकर्षकरूपमा देखिन्छ आवरणको पहिलो पृष्ठमा शोकमय अवस्थाको बालबलिकाको तस्विर छ भनेपछिल्लो आवरण पृष्ठमा गंगाजीको व्यक्तिगत विवरण सिहतको चित्रले सजाइएको छ ।

ऐना कथासङ्ग्रहप्रति साहित्यकारहरूको धारणा केलाउँदा

‘ऐना’ मदन पुरस्कारबाट पुरस्कृत कृति पढ्दा अति आनन्द लाग्यो,एउटा युवा साहित्यकारले एउटा साहित्यिक कार्यक्रममा चर्चा चलाइरहेको थियो । ऐनाले मदनपुरस्कार प्राप्त गर्यो भन्ने जानकारी त पाएको थिएँ तर पढ्नको लागि कृति हातमा परेको थिएन चितवन गएको समयमा पुस्तक पसलबाट प्राप्त गर्न सकें । ३५० रुपियाँ तिरेर किने र यसको अध्ययन गर्न थालें ।

‘मूल्याङ्कनका वृत्तमा देवकोटा’ कृति नियाल्दा

पूर्णप्रसाद अधिकारी बलराम अधिकारीको पुत्ररत्नको रूपमा २०१५ भाद्र ३, कास्कीमा जन्मनु भएको थियो । नेपालीमा एम एसम्म शिक्षा हाँसिल गर्नु भएका अधिकारी वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर चितवनमा सह–प्रध्यापक हुनुहुन्छ । अधिकारी एउटा सक्षम समालोचक तथा बहुमुखी साहित्यकार हुनुहुन्छ । अधिकारीको साहित्य र शिक्षा सेवामा पुर्याएको योगदान स्वरूप कालीगण्डकी कला साहित्य पुरस्कार (२०६७), पल्लव साहित्य सम्मान (२०६८), चितवन साहित्य सम्मान (२०७०) त्रि.वि. दीर्घसेवा पदक (२०७०) प्राप्त गरीसक्नुभएको छ । उहाँको प्रथम कृति प्रकाशन २०६२मा महाकवि देवकोटा : केही आयम (२०६२) भएको थियो । त्यसपछि अधिकारीले नेपाली नाटकको अध्ययन (२०६३ ) अविस्मृत अभिव्यन्जना (संस्मरण/नियात्रासङ्ग्रह, २०६४), नेपाली साहित्य: आयामिक निरूपण (२०७२), विम्बदृष्टिमा केही स्रष्टा (२०७२) र मूल्याङ्कनका वृत्तमा देवकोटा (२०७२) क्रमस प्रकाशनमा ल्याएका छन् ।

शूपर्णखा खण्डकाव्यको शैल्यक्रिया

परिचय

गोविन्दराज विनोदी, हेर्दा साधरणजस्ता लाग्ने व्यक्तित्व विचार र भावनामा एउटा सिन्धु एव म नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् जस्तो लाग्छ मलाई । यस्ता बहुआयामी साधक एव म छन्दोवादी काव्यधाराका मानक स्रष्टाको ‘शूर्पणखा’ खण्डकाव्यमा ‘एउटा दृष्टि जावस’ भन्दै आदरणीय प्राध्यापक डा. नारायणप्रसाद खनालज्यूबाट २०७३, कार्तिक १४ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औं जन्मजयन्ती साहित्यिक कार्यक्रममा शूर्पणखा खण्डकाव्य प्राप्त गरें ।

सरलरेखा बक्ररेखाको एक अध्ययन

विष्णुबहादुर सिह जुकेना –६ अर्धाखाँचीमा २५अगस्त १९५२ जन्म भै हाल बुढा निलकण्ठ –१० मण्डिखाटार, काठमाडौमा बसोबास गर्दै आउनु भएका एउटा मूद्र्धन्य साहित्यकार हुन् । जनमैत्री विश्वविद्यालय, मास्को, रुसबाट (सन्१९८०)मा एम.ईं सिभिल (हाइड्रो पावर) शिक्षा हाँसिल गरेका सिंहजीले पोखरा विश्वविद्यालय (सन् २००३)बाट एम एससी वातावरण व्यवस्थापन समेत दोस्रो डिग्री हाँसिल गर्नुभएको छ । विष्णुबहादुर सिंह पेशाले एउटा विद्युत् इन्जिनियर हुन् ।

विश्वप्रेम अधिकारीका काव्यत्रयीको शैल्यक्रिया

विश्वप्रेम अधिकारीको जन्म वि.सं २००३ सालमा राङखोला स्याङ्जामा भएको थियो । उहाँका पिताको नाम रूग्मागद र माताको नाम लीला अधिकारी हो । शिक्षाको थालनी आफ्नै घरमा प्रारम्भ गरे पनि उच्च शिक्षाको लागि भने उहाँ काशी जानु भयो र अध्ययनको साथसाथै साहित्यिक क्षेत्रमा आफूलाई उभ्याउन पनि उहाँ सफल हुनुभयो । विश्वप्रेमको साहित्यिक यात्राको इतिहासलाई केलाउँदा अच्युतशरण अर्यालले लेखेको ‘कवि र कविता’ शीर्षकलाई (पृष्ठ ग देखि ङ)अध्ययन गर्नु पर्ने देखिन्छ ।

मान्छे हराएको देश कविता सङ्ग्रहको शैल्यक्रिया

‘मान्छे हराएको देश’ कविता सङ्ग्रहका कृतिकार हुनुहुन्छ कृष्ण पहारी । पिता स्व. केशवराज पहारी र माता स्व. विष्णुकुमारीको पुत्ररत्नको रूपमा २०१३ साल जेष्ठ बाइस गते पोखराथोक –२, अमराई पाल्पामा जन्मनु भएका पहारी पेशाले एउटा स्वास्थकर्मी हुनुहुन्छ । उहाँले २०६२ सालमा बारुदका धुवाँहरू गजलसङ्ग्रह, परिवेशभित्रका पीडाहरू, मुक्तकसङ्ग्रह (२०६५) र ‘मान्छे हराएको देश’ कवितासङ्ग्रह (२०७२) गरी तीन कृतिहरू हामीलाई प्रदान गरिसक्नुभएको छ ।

‘सम्झनाका झिल्काहरू’लाई अध्ययन गर्दा

विष्णुबहादुर सिह एउटा मूर्धन्य साहित्यकार हुन् उनका धेरै कृतिहरू बजारमा आएका छन् । पल्लव साहित्य प्रतिष्ठानको यही भाद्र १० गते साहित्यिक कार्यक्रममा विष्णुबहादुर सिंहबाट ‘सम्झनाका झिल्काहरू’ उपहार स्वरूप प्राप्त गरें । यो विष्णुजीको बाइसौं स्मरणसङ्ग्रह हो । विष्णुबहादुर सिंहको साहित्यिक कलम नियात्रामा मात्र सीमित छैन । उन्ले संस्मरण, हाइकु, ताङ्का, गीत गजल, कविता, लघुकथा, मुक्तक, चोका र सिजो लेखनमा समेत हात चलाउँदै आएका छन् । सिंहजीको यो सम्झनाको भिल्कोको अध्यनले के प्रष्ट पार्द छ भने उनी एउटा सिद्धहस्त साहित्यकार मात्र नभै कर्तव्यनिष्ठ विद्युत इञ्जिनियर पनि हुन् ।

‘कलानाथ अधिकारीका कृति’लाई अध्ययन गर्दा

कलानाथ अधिकारी स्मृति प्रतिष्ठानले यही भाद्र ९गते चितवन साहित्य परिषद नरायणगढको हलमा भव्य साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा कलानाथ अधिकारीसँग प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सम्पर्कका केही व्यक्तिहरूलाई अभिनन्दन गरिएको थियो । गीतकार तथा साहित्यकार प्रेम विनोद नन्दन, जगत श्रोष्ठ यमुनाप्रसाद न्यौपाने, हरिबहादुर ढुङ्गाना, दीपक सोती, गायत्री श्रेष्ठ र सरसोती रिजाल लगायतका व्यक्तिहरूलाई अभिनन्दन गरिएको थियो ।

एउटा अदृश्य मनको शैल्यक्रिया

‘एउटा अदृश्य मन’ गजलसङ्ग्रहकी गजलकार निशाक्षेत्रीको कृति प्राप्त भएको लामो समय भए पनि अध्ययन गर्ने समय मिलेको थिएन आज पढ्न पनि पाएँ र केही लेख्न पनि मन लाग्यो । २०२५ सालमा इलाम नेपालटारमा जन्मेर, झापा, घैलाडुब्बा, लक्ष्मीपुर–९मा स्थायी बसोबार गर्र्दै हाल इजरायलमा रोजगारीको सिलसिलामा पुगेकी निशा क्षेत्रीले नेपाली गजल समुद्रमा गजल कृति थप्नु भनेको प्रशंसनीय काम हो । उनका गजलहरू संयुक्तरूपमा २०७१बाट प्रकाशनमा आएका छन् भने ‘एउटा अदृश्य मन’(२०७२) भने उनको एकल कृति हो । कृति प्रकाशनको हिसावले उन्को यो पहिलो कृति हो । हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवन, नेपालकी विशिष्ट आजीवन सदस्य र यही कृति नै निशाको र मेरो बीचको परिचय पनि हो । आवरण पृष्ठ सहित यस कृतिको संरचना ६६ पृष्ठ छ ।

नव माधुरी

माधुरी शब्दले मिठास, मधुरस र रक्सी भन्ने अर्थ लगाउँछ । नव माधुरीभन्दा नयाँ मिठास भन्ने अर्थ लगाउन सकिन्छ । जे होस् नव माधुरीले नयाँ मिठास चखाउने काममा यसलाई अर्थ्याउँदा अनर्थ नलाग्ला भन्ने ठान्दै यसै नव माधुरीको बारे केही धारणाहरू राख्न चाहन्छु । नव माधुरी पर्वत जिल्लाबाट प्रकाशित गरिने पत्रिका हो । यस पत्रिकाको काम यथा नाम तथा गुण भने जस्तै नयाँ नयाँ अङ्क मार्फत पाठक वर्गमा मधुरस पान गराउँछ र आनन्दको अनुभूति दिलाउँछ ।

मनमनको गुनगुनको शैल्यक्रिया

परिचय
लामो समयसम्म सरकारी जागीरमा जीवन बिताउनु भएका कविवर श्रीचिरञ्जीवी सिग्देलजी एउटा साहित्यमा रुची राख्ने सरल स्वभाव, साधा जीवन तर उच्च विचारको धनी मित्र हुनुहुन्छ । जागिरे जीवनबाट अनिवार्य अवकाश पाए पछि २०६९साल कार्तिक २८ गते पूर्व र बहालवाला कर्मचारीहरूलाई जमघट गराएर लक्ष्मी जयन्ती मनाउने र नवलपरासी जिल्लामा एउटा साहित्यिक संस्थाको स्थापना गर्ने भनी मलाई बोलावट भयो । उक्त अवसरमा उहाँको यो कृति मैले प्राप्त गरेको थिएँ । हाल उहाँ साहित्यिक कार्यक्रममा सकृयरूपमा लाग्नुभएको छ ।

हिमाली गुराँस ६० नियात्रा विशेषाङ्को सङ्क्षिप्त अध्ययन

हिमाली गुराँस साहित्यिक (द्वैमासिक) पत्रिका २०सौं वर्षमा प्रवेश गरेको छ । यस्ले आफ्नो जीवन यात्रामा विविधतामा र।माउँदै साहित्यिक विधाका बहुआयमिक पक्षलाई समाउँदै नेपाली साहित्यको क्षेत्रमा यसले पुर्याउँदै आएको योगदानको जति प्रशंसा गरे पनि कमि नै हुन आउँछ । यसका ५९ औं अङ्क साहित्यिक फाँटका विविध विधालाई समेट्दै बजारमा आइसकेको र हामीले अध्ययन पनि गरिसकेका छौं भने ६० औं अङ्क नियात्रा विशेषको रूपमा हाम्रो हातमा परिसकेको छ । यस अङ्कमा स्वदेश र विदेश स्थानमा भ्रमण गर्दा ४३ जना नियात्राकारहरूले आफ्नो भोगाइलाई सरल र सुबोध गराउने गरी प्रस्तुत गर्नु भएका त्यस क्षेत्रका प्राकृतिक सम्पदा, ऐतिहासिक विवरण, सामजिक आर्थिक, राजनीतिक, साहित्यिक, धार्मिक, प्राकृतिक तथा पर्यावरणीय क्षेत्रका आदि महत्वपूर्ण घटनाक्रमलाई अध्यायन गर्दा स्वयम आफू नै ती क्षेत्रको अवलोकन गरेको अनुभूति हुन्छ ।