Skip to content

सदानन्द अभागी

सिरोई सिर्जना मासिक पत्रिकाको क्यालेन्डर –२०१८ मेरो कोठामा सजाउँदा

दुलियाजान कला –साहित्य मञ्च दुलियाजान असमको अभिव्यक्ति (नेपाली त्रैमासिक पत्रिकाको) रजत जयन्तीको उपलक्ष्यमा (३१ मार्च र १ अप्रिल २०१८मा) आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहमा नेपालबाट हामी (सदानन्द अभागी, केशवराज आमोदी, गोर्खे साइँलो, शान्तिनारायण श्रेष्ठ, डि.आर शर्मा, छवीकिरण ओली, लोकनाथ खरेल, विर्खे अनजान, मिरा तिमलसिना, मिना लामिछाने र प्रेमराज न्यौपाने सहित) ११जना साहित्यकारहरूलाई सहभागी हुने सौभाग्य मिल्यो।

मेरो मनभित्र घोत्लिँदा

साहित्यिक क्षेत्रमा सरोज उजाडले चिनिने व्यक्तिको वास्तविक नाम टंकप्रसाद काफ्ले हो । माता धर्मदेवी काफ्ले र पिता टीकाराम काफ्लेका सुपुत्र सरोजको जन्म साविक पिठौली गा.वि.स वार्ड नं २मा भएको थियो । पेशागत रूपमा उहाँ एक अध्यापक हुनुहुन्छ अध्यापनमा मात्र सीमिति नभएर उहाँ एक बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ ।स्नातकोत्तर (नेपाली) शिक्षा हाँसिल गरेका सरोज उजाड एउटा होनहार युवा साहित्यकार पनि हुनुहुन्छ । काँचुली हवाई पत्रिका पाल्पामा विसं २०५४मा मुक्तक लिएर उदाएका सरोजको कविता, गजल, कथा, उपन्यास, हाइकु, मुक्तक र गीतमा पनि आफूलाई चिनाउन सफल देखिन्छन् ।

गंगा लिगल र गंगाजल

अतराष्ट्रिय नेपाली साहित्य समाज ह्युस्टन च्याप्टरकी संस्थापक अध्यक्ष गंगा लिगल नेपालको ऐतिहासिक थलो पाल्पा तानसेनमा जन्मिएर सिद्धार्थनगर, भैरहवालाई स्थायी बसोबास बनाई हाल ह्युष्टन,टेक्सास,अमेरिकामा बसी नेपाली साहित्यमा आफूलाई पूर्णरूपमा समर्पण गर्नुभएको छ । विविध विधामा करिब दुई दर्जनजति कृतिहरू पस्किसक्नुभएको छ । तीन जर्दनको हाराहारिमा पुरस्कार र सम्मानले विभूषित भै सक्नुभएको छ ।

गंगा लिगलको सङ्क्षिप्त परिचय

गंगा लिगल नेपाली साहित्यको क्षेत्रम नौलो नाम हैन । उनी नेपाली साहित्यकी एक सशक्त नारीहस्ताक्षर हुन् । उनको जन्म पनि नेपालको सुन्दर ऐतिहासिक नगरी पाल्पामा भएको हो । माथि श्रीनगरको डाँडो जहाँबाट हिमालका सेता हिमछादित टाकुराहरूको अवलोकन गर्न सकिन्छ भने तलको समथल भू–भभाग माडी फाँट कहलाउँछ । यस्ता पर्यटकीय स्थलमा पिता स्व. श्रीगणेश प्रसाद श्रेष्ठ र माता स्व. श्रीमती केशव लक्ष्मी श्रेष्ठकी पुत्रीरत्नको रूपमा जन्म लिएर गंगाले नेपाली साहित्यका विविध विधामाा कलम चलाउँदै आउनु भएको छ र समाज परिवर्तनको वाहकको रूपमा आफूलाई प्रदर्शन गर्दै हुनुहुन्छ ।

रेखाभित्रका रेखाहरू

सुरेश कार्की ढोली चक्करघट्टी बजार, सुनसरीमा २०२९साल ११ महिना ५ गते बुबा स्व. जहाानसिंह कार्कीढोली र माता स्व.पवित्रा कार्कीढोलीका पुत्र रत्नको रूपमा जन्म लिएका थिए । सुनसरीका अक्षरहरू(गजलसङ्ग्रह, २०७३) र रेखाभित्रका रेखाहरू (गजलसङ्ग्रह, २०७४) बजार।मा ल्याइसकेका सुरेश कार्कीढोलीले गजलमात्र नभएर गीत, कविता, मुक्तक र कथा लेखनमा पनि रुचि राख्दछन् । उनको लेखनप्रतिको प्रतिबद्धतालाई देखेर पल्लव साहित्य प्रतिष्ठानले आजीवन मानार्थ सदस्यबाट विभुषित गरेको छ ।

टीका ढुङ्गेलको यात्रा संस्मरण सर्सर्ती पढ्दा

दुलियाजान कला–साहित्य मञ्च, असम, भारतद्वारा ३१ मार्च र १ अप्रेल २०१८मा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहमा टीकाढुङ्गेलसँग यात्रा स्मरण कृति सहित साक्षात्कार हुने सौभाग्य मिल्यो । यसै अवसरमा टीकाजीले यात्रा स्मरण उपहारस्वरूप प्रदान गर्नुभयो । साहित्यिक क्षेत्रका टीका ढुङ्गेलको प्रचलित नाम टीकाराम शर्मा ढुङ्गेल हो । उनका माता–पिताको नाम स्व.नरमाया ढुङ्गेल/स्व. महानन्द ढुङ्गेल हो । उनको जन्म ११ अगस्त १९६८मा साङ छलमाथाङ पूर्व सिक्किममा भएको थियो । हाल उहाँ नेपाली साहित्य परिषद् सिक्किममा कार्यरत हुनुहुन्छ । उहाँ प्रदीपिका, पूर्वधार र तीन थूम्का नेपाली साहित्यिक पत्रिकाहरूको संस्थापक हुनुहुन्छ ।

बर्मेली समाजमा आधारित ‘पश्चाताप’ उपन्यासको अध्ययन

दुलियाजान कला–साहित्य मञ्च, असम, भारतद्वारा ३१ मार्च र १ अप्रेल २०१८मा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहमा खिम बहादुर बुढाथोकीसँग साक्षात्कार हुने सौभाग्य मिल्यो । यसै अवसरमा भिम बहादुर बुढाथोकी (खिम–कौशिक)बाट यो कृति उपहार स्वरूप हात लाग्यो । खिम–कौशिकको जन्म २००३ कार्तिक १० गते राजा बस्ती मोगोकमा पिता शुद्धिमान बुढाथोकी र माता चन्द्रकला बुढाथोकीका पुत्ररत्नकको रूपमा भएको थियो ।

असमको साहित्यिक यात्रा

दुलियाजान कला –साहित्य मञ्च दुलियाजान असमको आयोजनामा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहमा भाग लिनको लागि म र छन्देली कवि लोकनाथ खरेल २०७४ साल चेत्र महिनाको १५ गते साहित्यकार गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने)को साहित्यसदनमा पुगियो । त्यहाँ पर्वतबाट आउनु भएको साहित्यकार शान्तिनारायण श्रेष्ठ,र डि.आर शर्मा, दाङबाट पाल्नुहुने छवीकिरण ओली, चितवनका साहित्यकार केशवराज आमोदी, प्रेमराज न्यौपाने,मिरा तिमलसिनासँग भेटघाट भयो ।

डा. नरेन्द्र चापागाईप्रति साहित्यकारहरूको धारणा

प्रा. डा. नरेन्द्र चापागाई र मेरो बीचमा साक्षतकार त हुन सकेन तर २०७४ साल फागुन ५ गते विराटनगरमा लेखकसंघ र प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा वृहत कविगोष्टिमा उहाँको बारेमा तयार पारिएको स्मृतिग्रन्थ भने हात लाग्यो । पढ्न थाले ७२ जना विद्वानहरूले उहाँको नेपाली साहित्यप्रतिको योगदानलाई गहनताको साथमा उठाएको पाएँ । मलाई लाग्यो विभिन्न दृष्टिकोणबाट उठाइएका उहाँप्रतिका आदरभावलाई १–२ पङ्क्ति भए पनि यस लेखमा समावेश गनुपर्छ । त्यसोहुँदा सर्वप्रथम यस कृतिमा लेखिएकै आधारमा उहाँको एउटा छोटो परिचयतिर लागौं ।

तीन मुक्तक (कोही भन्छन्)

१) कोही भन्छन्

कोही भन्छन् बुढोरुख ढल्ने भयो
कोही भन्छन् अमृतफल फल्ने भयो
कस्का भाषण पत्याउने जनता भए अलमल्ल
जस्ले धेरै भोट ल्याउँछ उस्ले अवीर दल्ने भयो

‘काँडा टेकेर फूलका कुरामा’ गजलसङ्ग्रहमा साहित्यकारको धारणा

सिर्जनाको नशा लागेपछि सर्जकहरूको सिर्जना गर्ने प्यास कहिल्यै मेटिदो रहेनछ । सर्जक तीर्खाएकै तीर्खाएको हुँदो रहेछ । साहित्य सुधाको जति पान गर्यो त्यति मीठो र त्यत्तिकै रसिलो हुँदो रहेछ । साहित्य सुधामा रमाइरहेका कविता, गीत, गजल र मुक्तका सिर्जनाका हरि कट्टेलले विलौनै विलौना लघु काव्य (२०४५), अनावृत आकृति छन्दोबद्ध कवितासङ्ग्रह (२०६१), आँखामा अल्झिएका आँखाहरू गजलसङ्ग्रह २०६४), मुटु टुक्रिएपछि मुक्तकसङ्ग्रह (२०६९) र काँडामा टेकेर फूलका कुरा गजलसङ्ग्रह मार्फत आफ्ना धारणा र भावना पाठकसामु पस्किसकेका छन् ।

स्मृतिको झोला निबन्ध संस्मरणको एक अध्ययन

कविता चापागाईको जन्म, मैवाखोला साँघु, ताअप्लेजुङ, मेची अञ्चलमा २०१० साल भाद्र १८ गते बुवा बैजनाथ भट्टराई र माता यमुनादेवी भट्टराईकी माहिली पुत्रीरत्नको रूपमा भएको थियो । शैक्षिक योग्यतालाई केलाउँदा उहाँले एम.ए. (इतिहास), बी.एड. डिग्री हाँसिल गरी सक्नुभएको छ । कविताजीको २०३६ देखि २०७२ भाद्र ९ गतेसम्म विभिन्न, शिक्षणसंस्थासँग पेशागत संग्लग्नता देखिन्छ ।

दलितका तीन प्रश्न

रिश्म र उदय एकै गाउँका निवासी र क्याम्पसका सहपाठी हुन् । दुवै आपसमा मिल्ने साथी पनि हुन् । क्याम्पस जाँदा सँगैसँगै जानेआउने गर्नु तिनको नित्यकर्म थियो । यथा नाम तथा रूप भने झै रश्मि निकै राम्री थिइन् । रूपले गर्दा उनलाई सबैले मन पराउँथे । उदय एक कट्टर ब्राह्मणका पुत्र थिए । रश्मि सार्कीकी छोरी थिइन् । सहपाठीको नाताले गर्दा दुवै निकै नजिकिएता पनि जातभातको अड्चनले गर्दा उदय निकै सतर्कतासँग रश्मिसँग नजिकिन्थे । आउनेजाने कर्मले निरन्तरता पाएकै थियो ।

कैकेयी महाकाव्यलाई अध्ययन गर्दा

गोविन्दराज विनोदी एउटा उच्च व्यक्तित्वको साथै विचार र भावनामा एउटा सिन्धु एव म नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् । नेपाली साहित्यमा उन्ले पुर्याएको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन । यस्ता बहुआयामी साधक एव म छन्दोवादी काव्यधाराका मानक स्रष्टाको ‘कैकेयी’ महाकाव्यलाई मैले आज अध्ययन गर्न थालेको छु र ‘कैकेयी’ महाकाव्यमा केही शब्द पस्कने विचार पनि गरेको छु ।

तीन मुक्तक (वाम एकता भने पनि)

१) वाम एकता भने पनि

वाम एकता भने पनि धेरै वाम छुटिरहे
जति विकास भने पनि देश लुट्नेले लुटिरहे
भोट जित्नलाई वहानामा जति सक्यो बोले हुन्छ
धान काट्नेले काटिसके गह्रामा त ठुटिरहे

श्याम आशाका लघुकथामा एक दृष्टि

श्याम आशाको जन्म ने.सं.१०७५मा भक्तपुरमा भएको हो । उनी एक सिद्धहस्त लघुकथाकारको रूपमा आफूलाई स्थापित गर्न सफल भएको व्यक्तित्व हुन् । उहाँ ज्ञानज्योति पुस्तकालयको संस्थापक अध्यक्षको साथै विराट गुथि र नेवा गुथिको आजीवन सदस्य हुनुहुन्छ भने उहाँको लेखन कार्य नेपालभाषा र नेपाली भाषा दुवैमा हुने गरेको देखिन्छ । आवरण पृष्ठ सहित ६६ पृष्ठमा संरचित यस कृतिमा २५ ओटा ओजस्वी लघुकथाहरू समावेश गरिएका छन् ।

दुई मुक्तक (के नै हतार थियो, धेरै माथि)

के नै हतार थियो

के नै हतार थियो मित्र उनीलाई बोलाउन
सोल्टी होटेल पुगी पुगी भोजजल पिलाउन
शुष्मा–ओली मुस्कान बोली साटासाटी गर्दा
भारत भने आतुर थियो भन्सार कर बढाउन ।

तिम्रो माया मुटुभरि

मायावी संसारमा मायाका बखान जति गरे पनि सकिदैन । यही मायाका कुरा लिएर पिता अ.स.ई. स्व. तीर्थराज तिमल्सिना र माता स्व. चोला अधिकारी तिमल्सिनाकी सुपुत्री मीरा तिमल्सिना ‘धरा’ हाम्रो अगाडि देखा परेकी छन् ।

साहित्यकार एवम पल्लव साहित्य प्रतिष्ठान नारायण चितवनका गोर्खे साइँलोको निवासमा मुस्कानको साथमा प्रवेश गरेपछि मीराजीसँग साक्षत्कार भयो । ‘तिम्रो माया मुटुभरि’ नामक गजलसङ्ग्रह पनि मेरो हातमा पर्यो ।

गरुडपूराण प्रेतकल्प र मृत्युसंस्कारमा परिवर्तनको आवश्यकता

मैले सानो अवस्थाबाटै मानिसको मृत्युसंस्कारलाई गहिरो तरिकाले हेर्ने गरेको र गरुडपूराणलाई अध्ययन गर्दै उक्त पुरााणको भावसारलाई लिएर ‘स्वर्गको यात्रा’ नामक समीक्षात्मक पौराणिक महाकाव्य लेख्ने क्रममा लागिरहेको छु । लेख्ने कर्ममा पाण्डुलिपी लेख्दै अन्तिममा यो समीक्षीय टिप्पणी (सर्ग १९ )मा पुग्दा मृत्युसंस्कारमा समसामयिक सुधारको चर्चा चलिरहेको र मलाई पनि यो मृत्यु संस्कारमा परिमार्जन हुनुपर्छ भन्ने लागेकोले यो पद्य र गद्य सहितको गरुड पूराणले पोखेका केही धारणा र जनआवाजका भावनालाई कदर गर्दै धार्मिक व्यक्तिले पस्केका धारणालाई ध्यानमा राख्दै यहाँ म प्रस्तुत भएको छु ।