Skip to content

मनिषा अवस्थी

समय

अचेल मैले समयसँग चल्न सिकेको छु
समय परिवर्तनशिल छ,
समयको गति तिब्र छ;
पोहोरसालमा म सानी थिए,
तोतेबोलीमा लर्वराउदै
आमाको न्यानो काखलाई
बयलगाडा सम्झिन्थे ।

जीवन

बलेको दियो सरी यो जीवन थाहा छैन कति बेला निभ्छ
फुलेको फूल सरी यो जीवन थाहा छैन कति बेला ओइलाउछ
तोतेबोली बाल्दै लर्बराउदै हिड्दाहिड्दै कहाँ पुगे थाहा छैन
सयौं घुम्ती घुम्दा के के गुमाए थाहा छैन

परिस्थिति

मान्छे त परिस्थितिको दास बन्दो रहेछ,
परिस्थितिले जे अह्रायो त्यै गर्दो रहेछ,
गति हेर उसको आफ्नै तालले गुड्छ
आफ्नै तालमा हिड्दाहिड्दै ठुलो काम पनि छुट्छ ।

चोर बन्छ, साधु बन्छ, डाँकु पनि बनिहाल्छ,
परिस्थितिले भन्यो भने पापै पनि गर्न थाल्छ ।
प्रेम गर्छ बाध्न नसक्ने हुन्छ,
परिस्थितिले धोकेबाज बन्छ ।

बसन्त

बसन्तको हराभरा सौन्दर्य कति राम्रो आहा
थामिएन मेरो मन एउटा गीत लेखे मैले जहा

स्वर्ग जस्तै लाग्छ मलाई सधै यस्तो भए हुन्थ्यो ।
बसन्त नै जीवनमा भइदिए शिशिरमा मन किन रुन्थ्यो ।

गरीबको जिन्दगी

बाध्यतामा बस्नुपर्ने गरीबको जिन्दगी
कहिले सुख भन्नु छैन गरीबको जिन्दगी

कहिले भोक कहिले तिर्खा निद्रा छैन रातमा
असहाय गरीबको कोही छैन साथमा

हिमाल

अंगाली राख्न हिमाल तिमीले बसिराख पहाड छेउ
हाँसी राख सधै तिमी हिमाललाई मुस्कान देऊ ।।

हरियाली बनजंगल हिमालका झर्नाहरू ।
बिदेशतिर नजाऊ तिमी ढिडै खाई बस बरु ।।

अडित पाइला

चुँडिएको मुटु
घस्रिदै घस्रिदै हिडिरहदा
तिमीले दिएको आश्वासनमा
ढुकढुक गरी मुटु धड्किदा
अडित रहे यी पाइला
मेरी प्रिय आमासँग
मायाको अँञ्जुली थाप्दा
सट्टामा बेफलीको झरीले रुझ्दा
अडित रहे यी पाइला

सडक बालक

मलाई पनि देऊ न एक किनारा
संसार सामु बाच्ने इसारा
हात र खुट्टा मेरा पनि छन कर्म गरी
बाच्छु अनि दुनियामा नाच्छु
आमाले त सन्तान भन्थिन रे गर्भमै
टुहुरो भएछु म त

ऋतु वैराग

जब
उज्यालो रातमा
चन्द्रमा मलाई भेट्न
शीतलहरको साथमा
मुस्काउदै बाटो लाग्छ
तल आउदा मेरो अनुहारमा खुशीको पालुवा
पलाएको देखी देखी
उफ्रदै फिर्ता हुन्छ

ManishaAwasthiSancharKarmi

विभेद

म शान्ति बाल्दैछु तिमी त क्रान्ती बोल्दैछौ
शान्ति र क्रान्तीको द्वन्द दन्किदैछ दनदनी
म सोच्दैछु पसिनाका कुरा तिम्रो मनमा
रगत बग्दैछ
पसिना र रगतले त तिमी र मलाई छुट्याइरहेछ ।

यसरी
मन्द मन्द मुस्कान खोज्ने मन तिमीसँग दाँज्दा
त्रसालु बिरह बहिरहेछ ।

तिम्रो मालिक

यो पुरै विश्वमा अशान्ति मच्चिएको बेला कहा तिमी आफनो घरमा शान्ति खाज्छौ । त्यसमा पनि तिमी त मेरो ममाको नोकर, तिमी त अरुको चाकरी गरेर आफ्नो परिवारलाई सन्तुष्ट राख्न चाहन्छौ । यसलाई त म मनको लड्डु घिउसित खानु जस्तै मान्छु ।

हुन त म एयटी मामालाइृ भेट्न आएकी भान्जी मात्रै मैले एक दिन भए पनि तिमी घुक्र्याएर खानुपर्ने तर किन गर्थे र म त्यसो मेरो मानवता बज्रिएको मन छ । त्यसैले होला तिम्रो बारेमा यति धेरै सोच्दै ।