Skip to content


मलाई पनि देऊ न एक किनारा
संसार सामु बाच्ने इसारा
हात र खुट्टा मेरा पनि छन कर्म गरी
बाच्छु अनि दुनियामा नाच्छु
आमाले त सन्तान भन्थिन रे गर्भमै
टुहुरो भएछु म त
सहारा मागिरहेछु तिमीसँग देऊ न मलाई
एक किनारा
बाच्नेछु म दुनियासँग देऊ न मलाई
बाच्ने इसारा
दैलो दैलो घुमिरहेछु मात्र एक छाक
मागिरहेछु देऊ न बाच्ने इसारा
दुनिया घुम्छु अनुभवि छु तर छैन मेरो लागि बास त्यसैले म भन्छु मलाई पनि देऊ न
ए साथी एक किनारा
कर्म गर्छु पसिना बगाउछु देऊ न मलाई बाच्ने इसारा
आशुको नदीले बगाइरहेछ बग्दाबग्दै कहाँ पुगे
रोकिन्छु म पनि टेकाउछु यी पाउ
शिशिर चल्ने शिरेटोले उडाइरहेछ टेक्न लहरा नै पाइन म पनि लहरा समात्छु ।
पलहरू बिताउछु, छैन मेरो लागि कुनै घडी
चाहियो मलाई समय
किल्ला सार्दै आगाडी बढ्ने विपक्षीलाई थर्काउने
मन त साह्रै लाग्छ तर चाहियो नि त आहारा
त्यसैले पेटी पेटीमा ओछ्यान छ मेरो
भुस्याहा डाँगोलाई बाबा भन्छु
चोर छाउरीलाई आमा भन्छु
दाजु र दिदी जो सहिद भएर
अमर छन उनीहरूको रगतले कोरिएको सीमारेखा मेट्न दिन
त मलाई पनि इच्छा छैन
मेरा कलपुर्जाले कामै गर्न छोडे कमजोर भइसके
ए साथी कोठामा सुरुरु हावा हप्काएर बस्छौ एक चोटी उठेर देऊ न मलाई अलिकति उर्जा
देऊ न मलाई पनि बस्न एक किराना
स्वास रहन्जेल घृणित भएर संसार सामु
यो हातमा रातो रस त छ तर रसिलो
भएर स्वाद दिदैन
यो पाखुरीमा नसाहरू छन तर बलका
साथ थर्किलो पौरख चल्दैन
रगत र पौरख चलाउने इच्छा त मेरो
पनि छ तर यो संसार तिमीलाई मात्र ठिक छ
यहा त तिम्रो लागि मात्र खान पुग्छ म त
प्रकृतिको सौतेनी छोरा, छैन मेरो कुनै सहारा
देऊ न साथी मलाई बाच्ने इशारा
ऐश चाहिएन मलाई कुनै भोजन चाहिएन, बस
मलाई भोक भए पुग्यो मात्र चाहियो एक
किनारा देऊ न एक किनारा
चाहिदैन परिपुर्ती आवश्यकता काफी छ
सुखको महत्व नै छैन मेरो लागि दुःख मै
सन्तुष्टछु बस ज्यादै सन्तुष्ट
कपडा त मलाई चाहिदै चाहिदैन छालाको कपडा
दिएकी छिन ती पापी आमाले उनलाई नर्कबाट त
पखालेर स्वर्गतिर धकेल्न मन थियो अडिन
स्थान चहियो त्यसैले साथी तिमी दया गर
मलाई देऊ न एक किनारा
एक बांच्ने इशारा एक शाहारा
मलाई संसार सामु बाच्ने इशारा
म पनि बँच्छु सडकमा नाच्छु तर छैन
मलाई एक किनारा
बाच्ने सहारा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *