Skip to content


अंगाली राख्न हिमाल तिमीले बसिराख पहाड छेउ
हाँसी राख सधै तिमी हिमाललाई मुस्कान देऊ ।।

हरियाली बनजंगल हिमालका झर्नाहरू ।
बिदेशतिर नजाऊ तिमी ढिडै खाई बस बरु ।।

किन गर्छौ भाइ तिमी हिमालको अपमान सधै ।
छातीमाथि हिड्न दिन्छिन आफ्नै छोरो भनिकनै ।।

अहिलेसम्म दुःख दियौ माफी माग आजै तिमी ।
प्रतिक्षामा बसिरहिछिन आशिष दिन्छिन सधै उनी ।।

भाइ तिमी सुन अहिले काचो माटो जस्तै बन्छौ ।
हिमालको काख नेपालमा तिमी कहलिन्छौ ।।

दिउसो तिमी हिमाल जस्तै टलक्क टल्कीदेऊ ।
बिहान अनि साझपख सून जस्तै झल्किदेऊ ।।

हिमालको रङ् जस्तै बनाउ तिम्रो मन पनि ।
कञ्चन वन सुन्दर बन शुद्ध बनाउ तन पनि

युगैयुग अशिष र दिन्छ यसले अर्ति
जागर लगाउ फुर्ती बढाउ हँसाइदेऊ हिमाललाई
हिमाली बानी चिनाइदेऊ नेपाली र नेपाललाई ।

अंगालीराख हिमाल तिमीले बसीराख पहाड देऊ ।
हाँसी राख सधै तिमी हिमाली भै मुस्कान देऊ ।

मनिषा अवस्थी
ठेगाना ः पिपलाडी ०७ कञ्चनपूर

प्रकाशोन्मुख कृतिहरू
संघर्ष ः (निबन्ध संग्रह)
नारीको पीडा ः (उपन्यास)
शोषित नारी ः (कविता संग्रह)

Leave a Reply

Your email address will not be published. Required fields are marked *