मनिषा अवस्थी
निस्सारता
उसको चित्कार सुन तिमी नसुनेझै गर्छौ किन
उसको विवशता बुझ तिमी नबुझेझै गर्छौ किन
कष्ट उसको देख्दा देख्दै वातावरण सन्नाट पार्छौ किन
चर्केको घाउ मलम पट्टीको सट्टा नूनखुर्सानी छर्छौ किन
न त उसलाई बास दियौ न त एक गासै पनि
वाचाल छौ तिमी बोल न एक छिन उसँग गन्छ उसले जुनीजुनी
तिमी त एक मानव अरे चुरिफुरी आफ्नै सान छ ।
