Skip to content

मनिषा अवस्थी

यौवन

कता कता सहारा माग्ने जस्तो
कता कता दोधारमा पार्ने जस्तो
साच्चै भो त अल्झाइरहेछ
दुःखका घाउ बल्झाइरहेछ ।

माग्ने जस्तै भिक मागिरहेछ
गेडी दिदा हात लुकाइरहेछ
न त भिखारी जस्तो न त दानी जस्तो
फूलको बोट हल्लाइरहेछ ।

वुद्ध

प्रत्येक नेपालीको मनमा लुम्बिनी प्रति आघात प्रेम छ
एक एक देशबासीका मनमा वुद्धको बास र स्नेह छ ।
वुद्घ जन्मे लुम्बिनीमा तपस्या सधै वनमा
नेपालबाटै विश्वभरि शान्ति ल्याउने धर्म सिकाए
नेपाली र एसियाबासीहरूबिच शान्ति छर्दै उनी रमाए ।

आकाशधर्ती

जब आकाश गड्गडिन्छ धर्ती उसै छाती फुलाउँछ
हरिया बृक्षहरू कम्मर मर्काई नाच्छन बातावरण
त्यसै सुसेल्छ
खुशी मनाउँदै अबीररुपी बालुवा उडाउँछ ।

मेरो मन त्यसै तर्सिन्छ किनभने
यिनिहरू यति खुशी छन आज धर्तीको छोराको बिहे छ रे
दुलाहा, दुलही रानी लिई आउदै छ रे
दुलही पनि माइती संगको विछोडको पीडाले खल्खली

स्वाभिमान कहाँ लुक्यो

स्वाभिमान नेपालीको स्वाभिमान खै कँहा छ ?
नेपालीको निस्वार्थ मन कुन पापीले लुट्यो ?

आफ्नो मन नै छोड्न थाले आमालाई नै बिर्सिहाले
सान्र्दभिक र चर्चा गर्न तुल्य प्रकृति नै बिर्सिछोडे

मेरो देश

शरिरको माया पनि के माया,
देशको माया नै ठुलो रैछ
हिमाली छायामा हुर्केकी छोरी
माया हिमालकै लाग्दो रैछ ।

नेपाली र नेपालको सेवा गर्नुभन्दा
गरिबको सेवा गर्न ठुलो लाग्छ
आफ्नो शरीरको पीडा पनि के पीडा
नेपालको पीडाले यो मन पोल्छ ।
आफ्नो गरिबी पनि के गरिबी
गल्लीमा माग्ने बालक देखी यो मन रुन्छ ।

मृत्युशैया

जीवनको अन्तिम बसाई
मृत्युको प्रतिक्षा गर्दा
र अतित स्मरण गर्दा
सायद स्पन्दन बढ्छ मुटुको
थकित शरिर निर्जीव ठान्दछु
शैयालाई कात्रो
सिरानीमा बसिरहेछन यमदुत सायद
मन एकोहोरो छ
डरको अविरल धारले रेटिरहेछ ।

शासक

गफ दिन्छौ फुर्ती दिन्छौ ठुला भाषणका भर
धम्की दिन्छौ जलाई हिड्छौ नेपाली झुपडी घर
थियो मिचो गरी हिड्छौ छैन तिमीलाई डर
कसरी गर्न सक्छु म तिम्रो भावनाको कदर

शालिक

ज्युँदै सम्झी अटल मनमा सजाए
मृत भनी सल्लाह दिंदा हप्काए तिमीलाई
तिम्रो त्यो उज्याले टहकिलो रुपमा छ चमक
मृत भन्दिन म पाप लाग्छ हिड्छै लमक लमक

चिनेका छौ तिमीले यहाँका ठुलाबडा माहाजन
फूलेका छौ आफैमा तिमी छाती फूलाईकन
मृत सम्झुँ कसरी म मृत संज्ञा दिए पनि
बुझेका छौ संसारलाई स्थिरै भए पनि

पापी

म त पापी हुँ
पक्कै पापी
म सधै मन्दीर धाउछु
भगवानलाई फूल चढाउछु
यो देखेर तिमी सम्झन्छ्यौ
म त डिग्रीको प्रमाणपत्र
आफ्नो सिरानीमा चढाउनेलाई
सधै थुक्छु आमा म त पापी हु पक्कै पापी हु ।

निस्सारता

उसको चित्कार सुन तिमी नसुनेझै गर्छौ किन
उसको विवशता बुझ तिमी नबुझेझै गर्छौ किन
कष्ट उसको देख्दा देख्दै वातावरण सन्नाट पार्छौ किन
चर्केको घाउ मलम पट्टीको सट्टा नूनखुर्सानी छर्छौ किन
न त उसलाई बास दियौ न त एक गासै पनि
वाचाल छौ तिमी बोल न एक छिन उसँग गन्छ उसले जुनीजुनी
तिमी त एक मानव अरे चुरिफुरी आफ्नै सान छ ।

पागल भने पनि हुन्छ

जब आकाशमा बादल मडारिन्छ
मेरो मन त्यसै तर्सिन्छ
त्यै कालो पुरानो र त्रास देखाउने
अतित फर्किन्छ ।

उसै त मनमा वैराग झन
त्यसमाथि पुरानो कोलाहल
म त साँच्चै पागल मान्छे
पागल भन्दा पनि हुन्छ ।

पश्ताचाप

पल पलमा रुने बानी तिम्रो सधै तिम्रा परेली रुझेका
हँसाउने मन त साह्रै थियो तिमीलाई तर यी मेरा
हातहरू पनि टुटेका

तिम्रो गालामा बगेका आँशु पुछ्न पनि गाह्रो हुन्छ मलाई
के नै गर्न सक्छु तिम्रो लागि
फेदैमा पाइला टेकाउन त गाह्रो हुन्छ मलाई कहा
सक्छु सगरै चुम्न
अभागी सन्तान म, भाग्यै यस्तो कोरिएछ

तिमी टाढा नभाग

तिम्रो पक्षमा म बोल्छु सधै
तिमी टाढा भाग्छौ किन ?
मातृभाषाको अनादर गरी
आमाको सम्मान चाहन्छौ तिमी !

तिम्रो मगजबाट यी तुच्छ कुराहरू हटाइदेऊ
मातृभाषाको अपमान गर्दा तिमी बन्दैनौ देशभक्त
ऊ त साच्चै तिम्री आमाको अपमान चाहन्छ
तर तिमी उसलाई विश्वास गर्छौ
तिमी उसलाई विश्वास नगर
ऊ त तिम्रो कुभलो चाहन्छ ।

शिशिर

फाँटहरूमा पहेँलपुर देखी आँखा तिरमिराउछ
वातावरण उजाड देख्दा मनै सिमसिमउछ
चराहरूको त गुडै भतक्यो किन यस्तो गर्यो ऋतु
रुखहरूका पातै हराए कसले लुकायो देख्दिन केही हेतु
गंहुका बालाहरू बुढा मर्न लागे तर त्यस्तो दुःख त लागेको छैन
बरु उल्टै अलि अलि खुशी नै छाएको जस्तो लाग्छ ।