Skip to content


बलेको दियो सरी यो जीवन थाहा छैन कति बेला निभ्छ
फुलेको फूल सरी यो जीवन थाहा छैन कति बेला ओइलाउछ
तोतेबोली बाल्दै लर्बराउदै हिड्दाहिड्दै कहाँ पुगे थाहा छैन
सयौं घुम्ती घुम्दा के के गुमाए थाहा छैन

गल्ती धेरै गरे फर्की हेर्दा केही देखिदैनन्
क्षमा माग्न पर्खी बस भन्छु पाइलाहरू रोकिदैनन्
बसन्तहरू आए धेरै अति नै मुना भाँचे हुोला
पछुताए आज साच्चै पल्लवीको मन कति रोला

मसी भरेर लेख्न लागेको कलम सरी यो जीवन
थाहा छैन लेख्दा लेख्दै कति बेला रोकिन्छ
आकाशमा मडारिएर घुमिरहेको बादल सरी यो जीवन
कति बेला कुन पहाडमा ठोकिन्छ

बलिको बोका सरी यो जीवन कतिखेर रत्ताम्य भएर ढल्नु छ
सलाईको काँटिसरी यो जीवन कतिखेर सिरिङ् बन्नु छ
बलेको दियो सरी यो जीवन कतिखेर हावाको हप्कासँगै निभ्नु छ

मनिषा अवस्थी
ठेगाना : पिपलाडी ०७ कञ्चनपूर

प्रकाशोन्मुख कृतिहरू
संघर्ष : (निबन्ध संग्रह)
नारीको पीडा : (उपन्यास)
शोषित नारी : (कविता संग्रह)

Leave a Reply

Your email address will not be published. Required fields are marked *