मान्छे त परिस्थितिको दास बन्दो रहेछ,
परिस्थितिले जे अह्रायो त्यै गर्दो रहेछ,
गति हेर उसको आफ्नै तालले गुड्छ
आफ्नै तालमा हिड्दाहिड्दै ठुलो काम पनि छुट्छ ।
चोर बन्छ, साधु बन्छ, डाँकु पनि बनिहाल्छ,
परिस्थितिले भन्यो भने पापै पनि गर्न थाल्छ ।
प्रेम गर्छ बाध्न नसक्ने हुन्छ,
परिस्थितिले धोकेबाज बन्छ ।
संसारै अँध्यारो हुँदा ऊ,
आफ्ना दिन औलामा गन्छ ।
अपराध गर्न अघि सर्छ विवशताले च्याप्छ उसलाई
भोगाई नै शुन्य छ भन्छ शुन्यतामा गन्छ जसलाई
म के गर्दैछु थाहा हुँदाहुँदै भन्ने गर्छ राम्रो गर्दैछु
पैसाको लालचमा ढाल बन्नेहरू पनि
भन्ने गर्छन् देशका लागि लड्दैछु ।
मानव प्रकृतिको सर्वोत्कृष्ट प्रणालीको कस्ता चाला
स्वार्थी प्रेम गर्छ स्वार्थ नभेटिए बदनामका शिकार बन्छ ।
तत्कालिन आवश्यकताको परिपुर्ती अभावमा,
आमाको हत्या गर्न पछि पर्दैन ।
यौन सन्तुष्टि हुदैन उसलाई,
यदि आफ्नो मान्छेबाट भन्ने लाग्छन् हजारौँका पछि;
सामाजिक अपहेलनाका डरले,
गर्भमा नौ महिना भइसकेको बच्चाको हत्या गर्छ ।
उसलाई परेपछि
त्यसैले मान्छे जानी जानी गलत काम गर्छ,
जब ऊ परिस्थितिको दास बन्छ ।
