म शान्ति बाल्दैछु तिमी त क्रान्ती बोल्दैछौ
शान्ति र क्रान्तीको द्वन्द दन्किदैछ दनदनी
म सोच्दैछु पसिनाका कुरा तिम्रो मनमा
रगत बग्दैछ
पसिना र रगतले त तिमी र मलाई छुट्याइरहेछ ।
यसरी
मन्द मन्द मुस्कान खोज्ने मन तिमीसँग दाँज्दा
त्रसालु बिरह बहिरहेछ ।
यसरी
गुदीहरूको परिक्षण गर्न चाहन्छु म
खोक्रो आडम्बर देखाउन तिमी राजी छौ
गुदी र बोक्रा तुलना गर्दा दुनियामा
अद्भूति बटुलिएछ ।
यसरी
थोप्लाको कुरा गर्न खोज्दा ठुलै धौनो
देख्छु संसार थोप्ला र धौनोको परिक्षण
गर्दा संसार सन्किरहेछ ।
यसरी
म भन्दैछु इज्जत ठुलो तिमीलाई लाग्छ रवाफ
ठुलो रवाफ र इज्जतले ज्वाला दन्काइरहेछ यहा
क्रन्दन चलिरहेछ यहा निष्फिक्री बटारिदै
पनि क्रन्दन र वेवास्तामा संसार
सल्किरहेछ सलसली ।
म भन्छु देउता तिमी भन्दछौ एक एक बली
थोपा थोपा रगत रगत बगिरहेछ खल्खली
म भन्छु सुभ सधै तिमी असुभ गुन्दछौ
राम्रो नराम्रोभन्दा भन्दै बिद्रोह
दन्किदैछ दनदनी
म गर्दछु मष्तिष्कका कुरा तिमी भन्छौ
पाखुरी बल
बुद्धी संमाउदा दुनिया
घुम्दैछु फनफनी
संस्कारको लगाम कस्न चाहने मेरो मनमा
खुला आडम्वरी संस्कार छ्यापिदैछ
छ्यापछ्यापी
अनुहारै पनि सबन्धितलाई प्रर्दशन गर्न नचाहने मेरो
आँखाले अंगअगं सेवन गरिरहेछ ।
यसरी
पहाडी भिरपाखामा लडीब’डी गर्ने म बुढीका सन्तानहरू
शहरिया वातावरणमा
हुर्किरहेछन ।
यसरी
निश्चल र कञ्चन झर्नाहरूमा शयर गर्न चाहने
मेरो शरिर आज भरुभूमिको ज्वालाले जलिरहेछ ।
यसरी
जहाँजहाँ निश्चल आत्मा त्यहा त्यहा क्रेधी
आत्मा र शुद्ध आत्मासँग दाँज्दा
यस्तो विभेद देखिदैछ यसरी
यस्तो विभेद देखिदैछ यसरी
मनिषा अवस्थी (सञ्चारकर्मी)
