अचेल मैले समयसँग चल्न सिकेको छु
समय परिवर्तनशिल छ,
समयको गति तिब्र छ;
पोहोरसालमा म सानी थिए,
तोतेबोलीमा लर्वराउदै
आमाको न्यानो काखलाई
बयलगाडा सम्झिन्थे ।
आमाको न्यानो मायालाई
निरन्तर चलिरहने प्रकृया सम्झन्थे,
यी मेरा गोडाहरू आमाको आङमा टेकाउथे ।
मलाई थाहा थिएन,
कि आमालाई पनि दुख्छ;
तर अचेल भने म परिवर्तन भइसकेकी छु
आमालाई माया त आज पनि गर्छु,
मर्दैन आमा प्रतिको माया ।
पोहोर साल त हो नि,
म सानै थिए
म आँखामा आँशु टिलपिल गरी
बुवालाई पिट्न जान्थे
जब वुवा मेरो आमासँ ग झोकिनु हुन्थ्यो,
म रुन्थे ।
प्राय सबै मानिसहरू समयसँगै चल्छन होला
परिस्थितिसँग साइनो गाँस्छन होला,
समय परिवर्तनशिल छ ।
हिजो म सानै थिए
आज पो यत्री भइसके,
प्रकृतिले नै परिवर्तन हुने आदेश दिएको छ ।
धेरै बसन्तहरू आएर गइसके
अनि त्यतिकै जीवनमा ठक्कर पनि खाँए
थोरै थोरै सफल पनि भएँ
तर विफल भने बढी नै भए ।
यही विफलता र जीवन भोगाईमा
खानु परेका ठक्करबाट परिवर्तन पनि भए ।
हुन त मेरी आमाले मलाई
यसरी नै परिवर्तन हुने आदेश दिएर गएकी छिन ।
हुन त कता कता सोच्यो भने
मलाई जिन्दगी नै खल्लो लाग्छ ।
कुनै दिन
भट्टी पसलको चियाको घुट्को पनि मलाई खल्लो लाग्छ ।
त्यै चियाको घुट्को जस्तो खल्लो जिन्दगी पनि
म कति खेर बाँचु कि मरु जस्तो लाग्छ ।
त्यो चियामा कुनै मसलाको कमि छ
सायदै त्यो मातृस्नेह हो
आमाको माया बिनाको जीवन खल्लो लाग्छ ।
त्यही जिन्दगी खल्लो भएकै कारण
मैले परिवर्तित जीवन जिउन सिके ।
परिवर्तन भएको जीवन जीवनशैली फरक छ
आमा मभन्दा टाढा हुनुहुन्छ ।
म परिवर्तन भए
म जस्ता धेरै आमाभन्दा टाढा बस्नेहरू
यसरी नै परिवर्तन हुन्छ होला ।
मेरी आमाको अर्ती उपदेश सुनेर
म पनि जीवनमा परिवर्तन,
म पनि जीवनमा परिवर्तन भए ।
हो मैले अचेल समयसँगै चल्न जानेकी छु ।
मनिषा अवस्थी
पिपलाडी – ७, कञ्चनपूर
