Skip to content

हाम्रो घरक‍ो सुरी


खुट्टा उचालेर चढ्छ धुरी धुरी
हेर, हेर, हेर हाम्रो घरक‍ो सुरी !

ठ्याक्कै बाघका जस्ता लगाएर लुगा
सातो लिन खोज्छ ठड्याएर जुँगा
जिउ मर्काएर गर्छ चुरीफुरी
हेर, हेर, हेर हाम्रो घरक‍ो सुरी !

मुसा खाने दाउमा भँडारतिर ढुक्छ
कुकुर देख्नै हुन्न कुना खोज्दै लुक्छ
डरै नमानेर हेर्छ घुरी घुरी
हेर, हेर, हेर हाम्रो घरक‍ो सुरी !

बसी बसी खाने लोभी, अल्छी, लाछी
कराई चाट्न खोज्ने यै हो दूधको साक्षी
लाजै पचाएर बस्छ भान्छा कुरी
हेर, हेर, हेर हाम्रो घरक‍ो सुरी !

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
(२०७५/०५/०१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *