साथीसँग साथीको
हात समाई
हाँस्नु पर्छ मजाले
हाँसौँ, रमाई !
भो-भो धेरै नबसौँ
आसन जमाई
उठ्नु पर्छ जुरुक्क
उठौँ, रमाई !
दिनुस् बाबा हातमा
किताब थमाई
पढ्नु पर्छ मिलेर
पढौँ, रमाई !
कतिन्जेल उभिने हो
खुट्टा कमाई
खेल्नु पर्छ उफ्रिँदै
खेलौँ, रमाई !
– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ ।
