Skip to content

अम्बाको डाली (बालकविता)


‘स्यानी’ भन्ने नामले
डाकिन् स्यानी आमाले
‘अम्बा खोज डालीमा
राख अनि थालीमा’

अन्तर–कुन्तर केलाइछन्
मनमा कुरा खेलाइछन्
‘अम्बा भए डालीमा
ल्याउँथेँ मैले थालीमा’

‘राम्रोसँग सोचे है !
बाहिर गई खोजे है !
पक्कै छ त्यो डालीमा
टिपी ल्याऊ थालीमा’

काकीको यो बानीले
दिक्क मानिन् नानीले
‘भएदेखि डालीमा
ल्याउँथिनँ र थालीमा ?’

करेसामा गइछन्
बल्ल खुसी भइछन्
‘रै’छ रूखको डालीमा
टिपी ल्याइन् थालीमा ।’

— रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *