Skip to content

बसन्त दहाल

तीन मुक्तक (भन्दिन भन्दै थिएँ)

(१)
भन्दिन भन्दै थिएँ, भन्नै पर्ने भयो आज
म पनि तिमी जस्तै, बन्नै पर्ने भयो आज
पुरानो घर एक्कासि, सुनामीमा परेपछि
नयाँ घरको चर, खन्नै पर्ने भयो आज

हारेको छु आफैंसँग

हारेको छु आफैंसँग, कसैलाई जित्नु छैन
कल्पनामा आकाशको, तारा जून टिप्नु छैन

कोमल यो हृदयमा, मायारुपी विष रोपी
फेरि पनि नयनहरू,आँशुले लिप्नु छैन

धारिलो मौनता (छोटो कविता)

बरु ! तथाना म गाली गर,
चिमोट, चिथोर या भुत्ल्याऊ मलाई
तर !
त्यो भित्तामा उभिएकी मोनालिसाको तस्वीर झैँ
तिमी, कहिल्यै मौन नबस प्रिय !
किनकि,
तिम्रा शब्दहरूले त केवल, मन दुख्थ्यो मात्रै
आँखाहरू केवल, रुन्थ्यो मात्रैधारिलो मौनता (छोटो कविता )

वीर नेपाली

कोही युद्ध लड्दा लड्दै मरेर वीर बन्छन्
कोही युद्धहरू जितेर वीर बन्छन्
तर
सामान्य जुलुस र आन्दोलन त धेरै परको कुरा
जाबो मान्छेको एक हुल देख्दा पनि
एउटा मृगले एक हुल सिंह देखे झैं गरी
कुलेलम ठोक्ने म जस्ता कयौं कायरहरूले पनि
कहिलेकाहीं आफैंलाई आफैंले
वीर नेपाली भनिरहेको सुन्दा

म घाइते मुटु लिएर

म घाइते मुटु लिएर, कति दिन बाँचु प्रिय
म आफ्नै आँशु पिएर, कति दिन बाँचु प्रिय

परेलीले प्रश्न गर्दा, नयन सधैं मौन हुन्छ
ढुक्ढुकीले जवाफ माग्दा, यो मन सधैं मौन हुन्छ
म यसरी मौन भएर, कति दिन बाँचु प्रिय
म आफ्नै आँशु पिएर, कति दिन बाँचु प्रिय
म घाइते ………………………

पित्तललाई सुन जस्तै

पित्तललाई सुन जस्तै, टल्काउनु तिम्रो गल्ती
मायाको यो भिखारीलाई, पल्काउनु तिम्रो गल्ती

स्पर्शको साथमा मिठो, मुस्कानको ज्वाला छर्दै
पिरतीको आगो मनमा, सल्काउनु तिम्रो गल्ती

ए सरकार

म आफ्नै देशको माटोमा पसिना सिँचेर
मिहेनत उमार्न चाहन्छु ।

हरेक बगरलाई बगैँचा बनाई
लालीगुराँस र सुनाखरी उमार्न चाहन्छु ।

ए सरकार !
मलाई केवल सुरक्षाको ग्यारेण्टी देऊ !
म दुर्गम बस्तीहरूमा
विकासको लालुपाते फुलाउन चाहन्छु ।

तिम्रो नयनबाट आँशु

तिम्रो नयनबाट आँशु, कैले पनि झर्न दिन्न
जिन्दगीको अफ्ठ्यारोमा, कहीं कतै पर्न दिन्न

दुनियाँलाई मुना मदन, भुलाउन खोज्दै छु म
यो धर्तीमा मायाको फूल, फुलाउन खोज्दै छु म
जुनी – जुनी तिम्रो सिउँदो, अरुलाई भर्न दिन्न
जिन्दगीको अफ्ठ्यारोमा, कहीं कतै पर्न दिन्न

तिम्रो र मेरो लडाइँ

तिमीले ! सिंहदरबारबाट राष्ट्रको नाममा सम्बोधन गर्दै गर्दा,
पत्रकारको क्यामेरा र माइक्रोफोन सामु
नाकाबन्दीसँग नझुक्ने कसम खाँदै गर्दा
म ! आफ्नै झुपडीमा बालबच्चा र परिवारसँग
ग्याँस र तेल खोजी ल्याउने कसम खाँदै हुन्छु ।

मेरो दशैँ

रातो टीकाले वर्षौ नपोतिएको मेरो निधार
न दशैं आउँदा रमायो न त तिहार
किनकि, हरेक दशैं र तिहारहरूमा
मेरी आमाको नाकको फुली हराउँथ्यो,
तिलहरी हराउँथ्यो अनि कानको ढुङ्ग्री हराउँथ्यो ।

सोच्दैछु म फेरि

सोच्दैछु म फेरि यहाँ, दरबारको खाँचो पर्यो
कि एउटा देश हाँक्ने, इमान्दारको खाँचो पर्यो

छिमेकीले हिजोआज, बिनाकारण निहुँ खोज्दा
लाग्छ अब कलम हैन, तरबारको खाँचो पर्यो

त्यति सरल कहाँ रैछ

त्यति सरल कहाँ रैछ, जिन्दगीको यात्रा हजुर
सम्हालिनै गाह्रो यहाँ, भयो अनेक जात्रा हजुर

जिन्दगीको लक्ष्य भेट्न, म हतारिदै हिडें पनि
अवरोधका डाँडाहरू, भेटें कत्रा-कत्रा हजुर

बिना शर्त बन्थे म

बिना शर्त बन्थे म त, तिम्रो दास बन्न पाए
बिना सर्त बन्थे म त, तिम्रो खास बन्न पाए

टुक्रा पार्थें आफ्नै मुटु, कलोजो र फोक्सो पनि
यदि मिल्ने भए तिम्ले, फेर्ने श्वास बन्न पाए