Skip to content

म घाइते मुटु लिएर


म घाइते मुटु लिएर, कति दिन बाँचु प्रिय
म आफ्नै आँशु पिएर, कति दिन बाँचु प्रिय

परेलीले प्रश्न गर्दा, नयन सधैं मौन हुन्छ
ढुक्ढुकीले जवाफ माग्दा, यो मन सधैं मौन हुन्छ
म यसरी मौन भएर, कति दिन बाँचु प्रिय
म आफ्नै आँशु पिएर, कति दिन बाँचु प्रिय
म घाइते ………………………

दिन रात तिम्रै नाम, जप्दै जप्दै कति हिंडु
घाऊ माथि घाऊ अँझै, थप्दै थप्दै कति हिंडु
म हजारौं चोट सहेर, कति दिन बाँचु प्रिय
म आफ्नै आँशु पिएर, कति दिन बाँचु प्रिय
म घाइते ………………………

वसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *