Skip to content

बसन्त दहाल

मेरो गाउँको खबर

एक पाइलो बारीको साँध मिचेको निहुँमा
वर्षौं देखि नबोल्नेहरू
पानी पधेंरोमा पालोको निहुँमा
कपाल लुछालुछ गर्नेहरू ।
हिजोआज एकै ठाउँमा बसी
सोमालियनहरूले जस्तै
आकाशमा उडेको हेलिकप्टरसँग
चामल र चिउराको आश गर्दैछन अरे
जहाँ जसले जे भेटे नि बाँडीचुँडी खाँदैछन् अरे ।

तीन मुक्तक (भूकम्प)

मुक्तक – १

भूकम्पको दादागिरी, चल्दै छ रे अँझै पनि
गरिबका झुप्रोहरू, ढल्दै छ रे अँझै पनि
अकालमै मरेका ती, मानिसका लासहरू
आर्यघाट्को चितामाथि, जल्दै छ रे अँझै पनि

खोइ त नयाँ बर्षको शुभकामना ?

किन ? पठाएनौ तिमीले
नयाँ वर्षको शुभकामना मलाई
किन ? भनेनौ तिमीले
नयाँ वर्षको शुभकामना मलाई

हतारिंदै थिएँ म,
अतालिंदै थिएँ म,
तिम्रा मिठा शब्दहरू पढ्नलाई

हिजोसम्म एक्लै लाग्थ्यो

हिजोसम्म एक्लै लाग्थ्यो, आजदेखि साथी भा ‘ छ
पोलिरन्थ्यो मन्को घाऊ, आजदेखि जाति भा ‘ छ

शुन्यतामै जिन्दगी यो, बित्छ कि जस्तो लाग्थ्यो
कर्मलाई भाग्यले नै, जित्छ कि जस्तो लाग्थ्यो
तर आज भाग्यभन्दा, कर्म अलि माथि भा ‘ छ
पोलिरन्थ्यो मन्को घाऊ, आजदेखि जाति भा ‘ छ

तीन मुक्तक (पहाड फोडेर देशमा)

एक)

पहाड फोडेर देशमा, रेल कुदाउने मेरो सपना
गाउँ बस्तीमा विकासको, भेल कुदाउने मेरो सपना
कहिले पुरा हुन्छ त्यो त, समय आएसी भन्छु हजुर
देशका सबै भ्रष्टलाई, जेल कुदाउने मेरो सपना

तिम्लाई पनि मलाई जस्तै

तिम्लाई पनि मलाई जस्तै, परेपछि थाहा हुन्छ
चोटै चोटले दिलमा बास, गरेपछि थाहा हुन्छ

हृदयको सानो घरमा, डेरा गरी बस्ने मान्छे
थाहै नदिई अन्तै बसाइँ, सरेपछि थाहा हुन्छ

तीन मुक्तक (उस्तै लाग्थ्यो तिम्रो मेरो जिन्दगी)

एक

उस्तै लाग्थ्यो तिम्रो मेरो, जिन्दगीको कथा पनि
उस्तै लाग्थ्यो तिम्रो मेरो, वेदना र व्यथा पनि
त्यसैले एउटा चोखो, नाता गाँस्न खोजेको थें
तर तिम्रो बानी रैछ, ठिक्क पार्ने जता पनि

एक्लै जिउन गाह्रो भयो

एक्लै जिउन गाह्रो भयो, सघाउन आऊ न प्रिय
मेरै हात्को सिन्दुर टीका,लगाउन आऊ न प्रिय

पिरतीको खडेरीले, सुकेको मेरो मनलाई
बाढी बनी मायाको, बगाउन आऊ न प्रिय

सानी बैनीलाई जवाफ

आँगनीमा फुलेका फूलहरू टपक् टपक् चुँडेर
फटाफट धागोमा उनेर भाइटिका पुज्ने
तिम्रा रहरहरू यसपाली निरहरकै इनारभित्र हराउने
लगभग पक्कापक्की छ सानी बहिनी !
आँगनी र बलेसीमा घरिघरि निस्कदै आँखामाथि हत्केलाको ढकनी राखेर
निक्कै पर परसम्म आँखा पोलिन्जेल हेरेपनि,
बिहान देखि बेलुकीसम्म केही नखाई पर्खिबसे पनि,

तिम्रो जिन्दगीमा कसम

तिम्रो जिन्दगीमा कसम, अबदेखि आउँदिन म
तिम्लाई ब्यर्थै दिल्मा कसम, अब स’जाउँदिन म

तिमी हिड्ने गोरेटो र, पँधेरीमा कहिले पनि
ज्यानै जाओस तर कसम, अबदेखि धाउँदिन म

आफैंले म आफैंलाई, गजलकार भन्न थालें

आफैंले म आफैंलाई, गजलकार भन्न थालें
ज्यान सुकेकै भएनि, मसलदार भन्न थालें

अलि सिधा- सोझो अनि, लुतेलाई देखें भनें
बिना गल्ती धम्क्याउदै, खबरदार भन्न थालें

घरको छानो फाटेर

घरको छानो फाटेर, चुहिएकोले विदेश हिंडे
मन्को गर्वबाटै रहर, तुहिएकोले विदेश हिंडे
सालीम्बो र खरले छानो, टाल्न नखोजेको हैन
मक्किएका डाँडाभाटा, फाल्न नखोजेको हैन

पसिना नि बगाकै थें, परिश्रम नि गरेकै थें
बाँझो खेतमा मलजल गरि, कोदो फापर छरेकै थें
तर पनि घरमा चुलो, नबलेसी विदेश हिंडे
भने जति कोदो फापर, नफलेसी विदेश हिंडे

अजम्बरी एउटा नाता

अजम्बरी एउटा नाता, गाँस्न नखोजेको होइन
तिमीसँगै जिन्दगी यो, बाँच्न नखोजेको होइन

एक अर्कालाई दोष लाउँदै, पिरतीको हत्या भयो
गल्ती कहाँ कस्को भनि, जाँच्न नखोजेको होइन

भिजेका छन् नयनहरू

  • by

भिजेका छन् नयनहरू, सुकेका छ्न ओठहरू
आखिर कस्ले बुझ्छ यहाँ, मेरो मनको चोटहरू

जति स्वच्छ निश्चल मेरो, माया प्रीति भने पनि
आखिर सबले भुल्दा रैछन, पाएपछि नोटहरू

प्रेमको झरी

  • by

तिम्रो लागि म प्रेमको झरी हुँ प्रिय ।
चाहे हिउँद होस् या बर्षा,
बर्सिरहन्छु सधैँ सधैँ
तर मनको सफा आकाशमा
बेमेलरुपी काला बादलका धब्बाहरू
मडारिन थाले भने,
मेघ गर्जन सक्छ, पानीसँगै असिना बर्षन सक्छ,
या भनौँ, अप्रत्यासित रुपमा
बर्षेको असिनाले हामीलाई
चुट्न पनि सक्छ है ।

हजार चोट जस्ले दियो

  • by

हजार चोट जस्ले दियो उस्कै यादले पिर्छ किन
बन्द अतित घरिघरि सम्झनाले चिर्छ किन

पत्थर जस्तै कठोर बनाउन खोज्छु मनलाई
जस्तै कठोर मन पनि उनको सामु गिर्छ किन