Skip to content

अभावै अभावमा


अभावै अभावमा, बाँचेको छु आजभोलि
कसैको दबावमा, बाँचेको छु आजभोलि

कसैले आधा मात्रै, छिनाएको वृक्ष जस्तै
धरापै धरापमा, बाँचेको छु आजभोलि

आँशुको तलाउमा, जिन्दगी नै डुबेपछि
तनावै तनावमा, बाँचेको छु आजभोलि

भर्खरै थुनिएको, कारागारको कैदी झैँ
जवाफै जवाफमा, बाँचेको छु आजभोलि

पोलेको मुटुलाई, अलिकति चिस्याउन
डुवेर शराबमा, बाँचेको छु आजभोलि

—वसन्त दहाल—

Leave a Reply

Your email address will not be published. Required fields are marked *