Skip to content

पित्तललाई सुन जस्तै


पित्तललाई सुन जस्तै, टल्काउनु तिम्रो गल्ती
मायाको यो भिखारीलाई, पल्काउनु तिम्रो गल्ती

स्पर्शको साथमा मिठो, मुस्कानको ज्वाला छर्दै
पिरतीको आगो मनमा, सल्काउनु तिम्रो गल्ती

निभ्नै दिनु पर्थ्यो तिमीले, निभिसकेको दियोलाई
तर बल्ने आशमा थोरै, ढल्काउनु तिम्रो गल्ती

शान्त अनि निश्चल मेरा, चाहनाका तालहरूमा
अदृश्य शक्ति लगाई, छल्काउनु तिम्रो गल्ती

वसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *