(१)
भन्दिन भन्दै थिएँ, भन्नै पर्ने भयो आज
म पनि तिमी जस्तै, बन्नै पर्ने भयो आज
पुरानो घर एक्कासि, सुनामीमा परेपछि
नयाँ घरको चर, खन्नै पर्ने भयो आज
(२)
गरेकै हो उपचार, भएन के गर्नु
परेकै हो लम्पसार, भएन के गर्नु
एकदिन पक्कै खेती, सप्रन्छ भनेर
धाएकै हो बारम्बार, भएन के गर्नु
(३)
नबुझ्नेलाई मनको कुरा, भनेर पो गल्ती गरें
आकाशको तारा व्यर्थै, गनेर पो गल्ती गरें
यो स्वार्थी र धोकेबाजहरुको शहरमा
म चाहिं बुद्ध झैं सोझो, बनेर पो गल्ती गरें ।
वसन्त दहाल
गोदक १०, ईलाम
