Skip to content

बिना कसुर दोषी बनाई


बिना कसुर दोषी बनाई बोली बार्यो निष्ठुरीले
अजम्बरी साइनो तोडी जिउँदै मार्यो निष्ठुरीले

विश्वासको दियो किन निभ्यो कारण सोधिरहें
अनेक झुटो बहानामा मलाई टार्यो निष्ठुरीले

जीवन भरको साथ माग्यो सुम्पिदिएँ जिन्दगानी
विश्वास घातको झटारोले खुशी झार्यो निष्ठुरीले

प्रीति फुलाउन मनको घडेरीमा बास दिएँ
कोपिलामै निमोठेर बस्ती सार्यो निष्ठुरीले

घाइते मुटु दुखाएर पीडा दिँदै ‘जिज्ञाशु’लाई
दोबाटोमा साथ छोडी एक्लो पार्यो निष्ठुरीले

कल्पना पौडेल ‘ जिज्ञासु ”
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *