गुँडमै छोडी निस्केकी थिएँ जुटाउन चारा तिमीलाई
धिक्कार छ सकिन पिलाउन दूधको धारा तिमीलाई
निष्ठुरी थिई आमा भनी कहिल्यै नसोच्नु छोरा तिमीले
भेटेर बताउनेछु मेरो त्यो बाध्यता सारा तिमीलाई
सुन्दर भविष्य दिन्छुभन्दा छुट्यो मातृ वात्सल्य
सायद लाग्न सक्छन यी बातहरू नारा तिमीलाई
सामान्य जीवन दिएकैछु आफू अंगारमा जलेर यहाँ
नसके नि दिन टिपेर आकासको तारा तिमीलाई
कति दुख्छ मुटु पीडा हुन्छ अति सन्तानको वियोगमा
संगाल्दैछु देखाउन बगेका आसुँको रारा तिमीलाई
कल्पना पौडेल ” जिज्ञासु ”
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल

बैनी कल्पना म पनि यस कविताबाट
बैनी कल्पना म पनि यस कविताबाट ता सारै अाहत भएकाे अनुभव भो । हो अाफूले भाेगेको सन्तान टाढा छँदाको पिर त्यसलाइ मात्र थाहा हुन्छ जसले यसकाे अनुभव होइन भोग नै गरेकाे हुन्छ । सारै मार्मिक र ह्यदयश्परशी कविताका लागि म बहिनीलाइ दालु भएर ससम्मान स्यालुट ठाेक्छु । तर बालकका लागि मातृत्व पछि दिउला भनेर हुन्न बरु पैसा पछि कमाउँला भन्न सकिन्छ । इज्राइल बसने चेलीहरुलाइ मैले यही भने ।
कमेन्टको रिप्लाई
नमस्कार होम दाजु ! आरामै हुनुहुन्छ ? दाजुलाइ मुरीमुरी धन्यवाद दिन चाहन्छु ! हौसला पूर्ण प्रतिक्रियाको लागि ! हो नि दाजु बिदेशीनु रहरले होइन बाध्यताले रहेछ ! यहाँको सुझावको कदर गर्दै छिटोभन्दा छिटो आफ्नो देश र परिवार समक्ष फर्किने कोसिसमा रहनेछु !! यसरिनै मेरा सबै रचनाहरु पढेर प्रतिक्रिया दिनु हुनेछ भन्ने आशा पनि गर्दछु !! धन्यवाद दाजु !!!
अाजस्म मैले पढेर प्रतिक्रिया
अाजस्म मैले पढेर प्रतिक्रिया दिएकाेमा कसैले यसरी सुमधुर रेस्पाेन्स गरेकै थाहा थिएन । यो नै बैनीकाे पहिलाे भयाे यस अर्थमा यसका लागि म फेरि पनि धन्वाद भन्छु है । त खै अनि अरु सामग्री ता पढ्न पाइन त । सायद लेखिरहनु फुर्सुद कहाँ हुन्छ होला र ।
दाजुलाई अनुरोध
दाजुलाइ फेरी पनि नमस्कार अनि धन्यवाद भन्न चाहन्छु ! मेरा केहि लेखहरु कथा गीत गज़ल कविता र मुक्तकहरु बिभिन्न पत्रपत्रिका लगायत मझेरीमा पनि प्रकाशित भएका छन् ! हजुरका लघुकथा हरु पनि मैले पढ्ने गर्छु धेरै राम्रो लाग्छ ! कमेन्ट गर्ने मेसो नपाएर मात्र हो हजुरको फ़सबुक होला नि मेरो फ़सबुक आइडी यहि हो मित्रताको लागि अनुरोध पठाउनु होला हाम्रा साहित्यिक सिर्जनाहरु एक अर्कोले पढ्ने अबसर मिल्नेछ
https://www.facebook.com/kalpana.sharma.376