राष्ट्रको शीर बैरीसामु झुक्न नदेऊ नयाँ सरकार
देश प्रतिको जिम्मेवारी चुक्न नदेऊ नयाँ सरकार
शहिदले रगत बगाइ सिर्जिएको नेपाल हाम्रो
दुश्मनलाई वरिपरि ढुक्क नदेऊ नयाँ सरकार
डाँडा काँडा पखेरालाई हराभरा बनाउनु छ
नदी नाला झरनालाई सुक्न नदेऊ नयाँ सरकार
हिमाल पहाड तराईलाई एकै मालामा उन्नुपर्छ
एकताको त्यो डोरीलाई फुक्न नदेऊ नयाँ सरकार
आँच नआओस स्वाभिमानमा गोर्खालीका सन्तान हौ
देशद्रोहीलाई मौका छोपी भुक्न नदेऊ नयाँ सरकार
कल्पना पौडेल ‘ जिज्ञासु ‘
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल
