म रुँदा सधैँ भावुक बनी भन्नु भयो स्वामीज्यूले
नरोऊ प्यारी रुन्छु म नि भन्नु भयो स्वामीज्यूले
कैले आउने प्रिय तिमी गहारो भयो जिउन मलाई
कति बसौ त्यो दिन गनी भन्नु भयो स्वामीज्यूले
सधै आऊ छेउ सपनामा रातो सारी लगाएर
चुरा बजाई छनछनि भन्नु भयो स्वामीज्यूले
छुन खोज्दा भाग्छ्यौ झनै मलाई अँझै सताएर
घुमाउछ्यौ फनफनी भन्नु भयो स्वामीज्यूले
चंचलता हर्कत देखी साच्चै तन मनभरि
आगो बल्छ दनदनी भन्नु भयो स्वामीज्यूले
छटपटी भै ब्यूँझिँदा समीपमा हुन्नौ काली
देख्छ्यौ यस्तै तिम्ले पनि भन्नु भयो स्वामीज्यूले
कल्पना पौडेल ‘ जिज्ञासु ‘
गैडाकोट ४ नवलपरासी
हाल – इजरायल
प्रथम पटक प्रकाशित – 2014-11-07 19:04:03 +0000
