Skip to content

२०३औं भानुजयन्तीको अवसरमा विश्वव्यापी मुक्तक प्रतियोगिता (सूचना)

20160618_KalpanaPoudelJigyasu-Notice


मुक्तक विधाको विकास र विस्तार गर्ने उदेश्यले २०३औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा र विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको संयुक्त आयोजनामा हुन गइरहेको विश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिताका लागि जम्मा तीन ओटा मुक्तक आव्हान गरिएको छ ।

मुक्तक देश प्रेम, संस्कृति संस्कार,समाज राजनीति,विकृति बिसंगति, प्रकृति, प्रणय प्रेम जुनसुकै विषयमा भए पनि मौलिक हुनु पर्दछ । गाली गलोज र अरूलाई आक्षेप लाग्ने खालको हुनु हुँदैन ।

मुक्तक युनिकोड या प्रीतिमा टाइप गरी इमेल मार्फत पठाउनु पर्नेछ (यदि सम्भव भए फोटो सहित वर्ड फाइलमा पठाउनु भए झनै राम्रो )। मुक्तक युनिकोड या प्रीतिमा टाइप गरी इमेल मार्फत पठाउनु पर्नेछ ।

मुक्तक पठाउन म्याद जम्मा १० दिन राखिएको छ ( जुन १६ देखि २६ )। त्यसैले मुक्तक छिटोभन्दा छिटो पठाउनु हुन सम्पूर्ण मुक्तकिला मनहरूमा सादर अनुरोध गर्दछौ ।

मुक्तक पूर्णतः मौलिक तथा अप्रकाशित हुनुपर्नेछ। चोरी तथा कपी गरेका मुक्तक पाइएमा यस्ता मुक्तक समावेश गरिने छैन ।यो विषयमा मुक्तककार आफै जवाफ देहि हुनु पर्नेछ । कसैलाई गाली गलोज तथा आक्षेप लाग्ने हुनु हुँदैन ।

मुक्तक पठाउँदा प्रतियोगिले पासपोर्ट साइजको फोटोसँगै आफ्नो पूरा नाम,ठेगाना, फोन नम्बर अथवा इमेल आइडी स्पष्ट रूपमा लेखि पठाउनु पर्नेछ। म्याद नाघी आएका मुक्तकलाई प्रतियोगितामा समावेश गरिने छैन ।

पुरस्कार विवरण :-
१. प्रथम पुरस्कार रू ८,०००/-
२. द्वितीय पुरस्कर रू ५,०००/-
३. तृतीय पुरस्कार रू ३,०००/-
४. सान्त्वना पुरस्कार रू १,०००/-

साथमा प्रमाणपत्र दिइनेछ ।

हाम्रो इमेल :
gfnl.israel@gmail.com
Kbp.poudel@gmail.com

सह – सचिव
कल्पना पौडेल ‘ जिज्ञासु ‘
विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *