Skip to content

तीन मुक्तक (मनको मझेरीमा)


एक

पहिलो पटक पुगेकी थिए रामेछापको भँगेरीमा
खुशी र पीडाको आँसु झरे गंगालालको घडेरीमा
तिम्रो योगदान ब्यर्थै खेरा गए जस्तो त्यो भान हुँदा
भक्कानिदै गाठो पर्‍यो जिग्यासुको मनको मझेरीमा

दुई

समाजलाई केहि योगदान दिने उल्लास बोकेर जिएकिछु
गरिबलाई राहत मिल्ने खुशीको आभास बोकेर जिएकिछु
सेवा गरौ त्यहि छ पुण्य मर्दा सबै छोडेर जानु छ एकदिन
सहयोगी मनको साथ पाउने त्यै बिस्वाश बोकेर जिएकिछु

तिन

राष्ट्रियता झल्काउने त्यो गीत संधै गाउँन सकु
आफ्नै देशको माटो संग चोखो माया लाउँन सकु
मृत्यु पश्च्यात रुपान्तरण भै मानव जन्म लिएमा
फेरी पनि नेपालको यै भू; स्व र्गमा आउँन सकु

कल्पना पौडेल “जिज्ञासु ”
नवलपरासी गैडाकोट
हाल = काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *