विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा २०१ औं भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासंघको स्थापना दिवश यही २०१५ जुलाई १८ तारिक शनिवारका दिन रमातगानको पार्क लुमीमा भब्यताका साथ सम्पन्न भएको छ ।
इजरायलका लागि नेपाली राजदुत श्रीप्रल्हादकुमार प्रसाईंज्युको प्रमुख आथित्यमा पानसमा बत्ती बाली आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको शुभआरम्भ गरिएको थियो । समारोहमा उहाँकी धर्मपत्नी सीता प्रसाईंज्यू पनि उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रम सन्चालन संस्थाका सचिव गणेश श्रीगौतम ” सागर” ज्युले गर्नुभएको थियो भने स्वागत भाषण सह-सचिव कल्पना पौडेल “जिज्ञासु”ले गर्नुभएको थियो ।
आयोजक संस्थाको तर्फबाट बरिष्ठ उपाध्यक्ष श्रीदीपेन्द्र थापाज्युले संस्थाको गतिविधिको बारेमा प्रष्ट पार्नुभएको थियो । त्यसपछि संस्थाकी सदस्य श्रीमती समाश्रीज्युले भानुभक्तको आलेखको बारेमा प्रस्तुत् पार्नुभएको थियो ।
हाम्रा अतिथि प्रतिनीधि अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) इजरायल शाखाका अध्यक्ष श्रीकृष्णपक्ष थापाज्युले शुभकामना मन्तब्य दिनु भएको थियो । त्यसै गरी हिन्दूजागरण नेपाल अभियान इजरायलको तर्फबाट सुमित्रा आचार्यज्युले पनि शुभकामना मन्तब्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बिभिन्न संघ संस्था र सङ्गठनबाट साहित्यकार तथा साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो !
कार्यक्रममा उपस्थित सम्पूर्ण माहानुभावहरू, आयोजक संस्थाका सदस्यहरू र अन्य संघ संस्था र सङ्गठनबाट उपस्थित प्रतिनीधि तथा साहित्यकार तथा साहित्य अनुरागीहरूबाट कविता गज़ल मुक्तक गीत र भानुभक्त सम्बन्धी रचनाहरू उपस्थित साथीहरूले बाचन गर्नुभएको थियो ।
इजरायलका लागि नेपाली राजदुत श्रीप्रल्हादकुमार प्रसाईंज्युले कार्यक्रमको समीक्षा गर्दै भानुको बारेमा प्रस्ट पार्दै कविता बाचन गर्नुभएको थियो ।
कार्यक्रममा बिभिन्न रचनाहरू बाचन गर्ने सम्पूर्ण साहित्य अनुरागीहरू सावित्रा लुइँटेल घिमिरे, दिपेन्द्र थापा, गणेश गौतम ‘सागर’, कल्पना पौडेल ‘जिज्ञासु’, बसु श्रेष्ठ, अम्बिका याम्फु अनमोल, समाश्री, कृष्णपक्ष, केशु पोखरेल, सुमित्रा आचार्य आदिलाई राजदुतज्युको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।
अन्त्यमा आयोजक संस्था विश्व नेपाली साहित्य महासंघकी अध्यक्ष श्रीमती सावित्रा लुइँटेल घिमिरेबाट उपस्थित सम्पूर्णलाई आभार तथा धन्यवाद दिंदै कार्यक्रमको समापन गरिएको थियो ।

