नारायण कोइराला
अझै भन्छौ मेरो देश कहाँ नेर खराब छ ?
मन्दिर मश्जीद पाटि पौवा जहाँ तहीं शराब छ
धर्म कर्म नैतिकता नाई पैसाकै लगाव छ
बुद्धिको त के कुरा बलकै यहाँ प्रभाव छ
अझै भन्छौ मेरो देश कहाँ नेर खराब छ ?
भोक रॊग अशिछ्या बिकाशको हाहाकार छ
नेताको भासणमा केवल दोषको सारासार छ
आफ्नो कर्म पुरा गर्न सबको टाराटार छ
बिकृति र विसंगति यहाँ मारामार छ
दानावताको भीडमा मानवता तानातान छ
दुइपैसाकोलागि आफ्नैमा हानाहान छ
अन्जान कोहि छैन सब जानाजान छ
नातावाद कृपावाद सबै छानाछान छ
सहिदको रगत संग स्वार्थ साटासाट छ
देशको ठेक्का नेताहरुको हातहात छ
राष्ट्रघाती कामहरु सबै रातारात छ
अच्छुत यहाँ कोइछैन सब साथसाथ छ
जुनी भरको साथ भन्छन दुई दिनकोनि साथ छैन
जुनी भरको साथ भन्छन दुई दिनकोनि साथ छैन
ज्यानै दिन्छु भन्छन सबै कसैको दिने आँट छैन
प्रेमकै खेति छ रे यहाँ ,व्यापार नि गरिदिन्छन
प्रेमकै सिढी बनाई धोकाको शिखर चढीदिन्छन
दुईपलमै आकासिने छिनमै भुइमानि झरिदिन्छन
आफ्नो स्वार्थ पुरा गर्न जता पनि सरिदिन्छन
जमानाकै दोष होला यहाँ झुट्टामात्र टिक्छन्
आकबरी सुन छाडी पहेलो पित्तलमा बिक्छन्
वशमा पार्न अरुलाई जाल अनेकथरी लेखछन्
मायामोह अब कथा भयो स्वार्थ मात्र देख्छन्
गीत गज़ल लेख्न थालें
जिन्दगीले अलिकति अधेरीमा सारिदियो
खोलि तर्ने रहर थियो बगरमै पारिदियो
कागजका खाली पाना आफैलाई देख्न थालें
आफ्ना व्यथा लुकाउन गीत गज़ल लेख्न थालें
जीवन नै आफै देखि रिसाएको भान भयो
रिसाएको जीवनलाई देखाउने थान भयो
मदिरामा क थियोर मैले कलम देख्न थालें
जीवनलै देखौन लै नि गीत गज़ल लेख्न थालें
कोइ भन्छन अब एसले केहि नगर्ने भयो
यसको जीवन येतीकैमा सड्ने भो पनि भने
आइन हेर्दा आफैलाई गीत गज़लकार देख्न थालें
भन्नेहरुलाई देखौन नि गीत गज़ल लेख्न थालें
म भन्दै नआऊ अब
तिमीलाई भुलीसके म भन्दै नआऊ अब
घरि घरि मेरो दैलो येसरी न धाउ अब
तिमीलाई भुलीसके म भन्दै नआऊ अब
स्वार्थी यो दुनिया रे ,तिमि पनि येसकै अंस
झुटो आसु देखाउन ति नयन नभिजाउ अब
तिमीलाई भुलीसके म भन्दै नआऊ अब
भन्छौ तिदिन भुली फेरि नया सुरुवात गरौ
भरिएको यो घाउमा भो मलम नदेखाऊ अब
घरि घरि मेरो दैलो येसरी न धाउ अब
मै भन्दै रुदै आयेउ तिम्रो छ कि कुनै जाल
चर्को तिम्रो मायाको तापले नसेकाउ अब
घरि घरि मेरो दैलो येसरी न धाउ अब
तिमीलाई भुलीसके म भन्दै नआऊ अब
मलाई झेल्न सक्दिनौ त छाडिदेउ मेरो हात
म मात्र हु र प्रिय पिउने मान्छे यो संसारमा
अपबाद नै जस्तो गर्छौ ,कल गर्छेउ दिन रात
मलाई झेल्न सक्दिनौ त छाडिदेउ मेरो हात
मनको पीर भुलाउन अलिकति पिउछु भन्छु
बोत्तल दुई रितिद्दामा भैहाल्ने आधा रात
जीवन ठेल्न सक्दिनौ त छाडिदेउ मेरो साथ
लागैदियिन उनले बानी, छुटाईदेउ तिमि भन्छौ
जीवन नै येइ हो मेरो कसरि म गरुँ घात
भनेर लाग्दैन मलाई,बेअसर छन् सबै लात —
रुझेको त्यो तिम्रो तश्बीर खेल्छ मेरो वोरीपरि
झरी पर्दा सधै लग्छ तिमि छेउ त्यो झरी भरि
रुझेको त्यो तिम्रो तश्बीर खेल्छ मेरो वोरीपरि
घामका ति पोल्ने किरण एकाएक लोप हुदा
त्यो नीलो गगन ढाक्ने कालो बादल सरिबरी
रमाउदै हेर्थेउ तिमि माथि आकाशमै घरि घरि
काला बादल थोपा बनि धरतीमा खसेपछि
पानीको थोपा संग तिम्रो यॊउवनको लडीबढी
सुन्दर नृत्य देखौथ्योउ आगनको डीलमा सरि
मयल फाली धरतीको कालो बादल बिलाई जादा
रिसाए झैँ नाटक गरि जन्थ्येउ अलि टाडा सरि
मैले बादल पठाए झैँ हेर्नेगर्थेउ आखा तरी
झरी पर्दा सधै लग्छ तिमि छेउ त्यो झरी झरी
रुझेको त्यो तिम्रो तश्बीर खेल्छ मेरो वोरीपरि
मनको कुरा भन्नलाई कोइ अघि सरेनन् नि
वोल्लो छेउ पल्लो कुना नजरैको हाना हान
मनको कुरा भन्नलाई कोइ अघि सरेनन् नि
तस्बिर नि साथ राखे तर मुख फोरेनन् नि
आज पनि त्येही कुरा भोलि पनि उस्तै उस्तै
अघि बढ्न भेटघाटमा कसैले आँट गरेनन नि
आखा आखा मात्र जुधे मुटुमा कोइ झरेनन नि
मनकोकुरा गर्ला उसले भन्दै बाटो हेर्दा हेर्दै
दोबाटो आइ छुटिएछन् एउटई बाटो परेनन् नि
तै नि मुटु साटम भन्ने आँट कसैले गरेनन नि
बाणले झैँ मुटु छेड्ने तिम्रो नजरको तिर
बाणले झैँ मुटु छेड्ने तिम्रो नजरको तिर
दोष लग्यो मलाई प्रिय तिम्रो त्यो नजरको
तिम्रो त्यो यौवन अनि गुलाबी त्यो अधरको
डुइपल नजर के जुधेथे कुरा काट्ने बाटो भयो
चर्चा सिखर चढाईदिए यो सिङ्गै सहरको
सारा सहर दिवाना भो झुटो प्रेम लहरको
कल्पनामै भए पनि दुइ दिन त रमायेछु
अमृतझैँ पिई हिडें प्याला त्यो जहरको
छिटो पनि परेननि त्यो तिम्रो प्रेम नहरको
हल्ला संगै बिलाई गयो तिम्रो मेरो साथपनि
साथी तिम्ले अर्कै रोज्दा हाँसो हाँसे यो रहरको
आखिरमा ढुंगा भए म यो प्रेम बगरको
संगै ज्युने संगै मर्ने तिम्रो त्यो साथ पाए
संगै ज्युने संगै मर्ने तिम्रो त्यो साथ पाए
कति सुन्दर हुन्थ्यो जीवन तिम्रो त्यो हात पाए
जिन्दगीको मोडमा कति खुसि आउछन् जान्छन्
जीवनभरिको मेरो खुसि तिम्रै माया संग आए
सुख जति सबै मेरा तिम्रै सामु साटी दिन्थे
दुख हास्दै काटी दिन्थें तिम्रो त्यो साथ् पाए
कति सुन्दर हुन्थ्यो जीवन तिम्रो त्यो हात पाए
सपना जस्तै लग्छ मलाई कैले त यी रहरहरु
इश्वरको सामु गई सब बेली विस्तार लाए
उनले चाहे संसारमा नहुने के पो थ्यो र
सब मन्दिर मस्जिद चैत्य र गुम्बा धाए
कति सुन्दर हुन्थ्यो जीवन तिम्रो त्यो हात पाए
देश केहि गर भन्छ
देश केहि गर भन्छ युवा आघि सर भन्छ
सन्ततिले गर्व गर्ने केहि कर्म गर भन्छ
फेसबुक र ट्वीटरको लाइक मात्र जीवन हैन
सन्झालको प्रायोगगरि बिकासमा सर भन्छ
सन्ततिले गर्व गर्ने केहि कर्म गर भन्छ
मॊज मस्ती मनोरंजन मदिरामै कति रम्छौ
छैन यहाँ केहि भनि विदेश नझर भन्छ
सन्ततिले गर्व गर्ने केहि कर्म गर भन्छ
जोश जागर तिमिमै छ, नया तरकिब पनि
विदेशमा दिने शिप एहि माटोमा पार भन्छ
सन्ततिले गर्व गर्ने केहि कर्म गर भन्छ
परजीबी हुने हो र बिदेशीको भरमा परि
बिकासको मुना आफ्नै आगनमा सार भन्छ
सन्ततिले गर्व गर्ने केहि कर्म गर भन्छ
जीवन
फूललाई सोधे बास्नालाई, सुखीलाई हास्नालाई जीवन
खुकुरीको आरी जीवन रे, भरियालाई भारी जीवन !!
तनलाई सोधे चोला भान्छ, सागरले खोला जीवन
कर्मी ले त काम भन्यो,छायाले चाहिँ घाम जीवन !!
बृद्ध बृद्धाले धर्मै भने, पुरुषको त कर्मै जीवन
सितारले त झंकार भन्यो, नारीलाई त शृंगार जीवन !!
नयनलाई दृस्टी जीवन, इश्वरलाई श्रीस्टि जीवन
जित्नेको जीवन जीत नै हो, गीतकारको गीतै जीवन !!
युवतीको लज्जा जीवन, महिलाको सज्जा जीवन
बालकको बालापन , बहुलाको पागलपन !!
गीतले संगीत भन्यो, प्रेमीले प्रीत नै जीवन
जीवनको त प्राण नै हो, शिकारीको त बाण जीवन !!
रोगिको जीवन रॊग हो रे भॊक त गरिबको जीवन

मन अलि कोमल