Skip to content

तिम्रो प्रेमलाई म के भनुँ?


तिम्रो त्यो प्रेमलाई म के भनुँ
मूल्य केही दिउ कि सस्तो मै गनुँ
तिम्रो त्यो प्रेमलाई म के भनुँ

कैलेकाहीं पलपलको खबर माग्छौ तिमी
कैलेकाहीं नजरबाटै दूर भाग्छु तिमी
तिम्रो त्यो मनलाई म के भनुँ
पराइ नै भनू कि आफन्तैमा गनुँ?

मुखले मात्र भनेर त हुदैन है माया
दुई किनार हैन हुनुपर्छ घाम छाया
तिम्रो त्यो हेराईलाई म के भनुँ
पलको मस्ती भनुँ कि आकर्षणमै गनुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *