Skip to content


म मानव हुँ
यति धेरै चेतना छ
साचो झुटो बुझ्न सक्छु
सही गलत छान्न पनि
पाप धर्म ठान्न पनि
तर सही बाटो म चुन्दिन
झुटो मुख म थुन्दिन
किनभने म सर्वश्रेस्ठ प्राणी हुँ
म मानव हुँ

अत्याचार र दमन
श्रेष्ठताको निशानी हो
निर्धाको परेशानी हो
एउटाले हार्नै पर्छ
नत्र अर्को कहाँ जित्छ?
हार्ने सब पशु हुन्
जित मेरै बाणी हो
किनभने म सर्वश्रेस्ठ प्राणी हो
हो म मानव हुँ

धर्मले मलाई मेरो हजुर
पाप सबै तिनका कसूर
जे बोलुं म त्यो सत्य छ
ऊ बोले उसलाई हत्ते छ
संसार मेरो मन्दिर
त्यो मन्दिरको देउता म
मेरो गुनगान गाए
मेरो पछि लाए
आयु उसको त्यो अलि लम्बियेला

रिसराग घमण्ड
द्वेस इर्श्या स्वार्थ
पुर्खेउली गहनाहरू हुन्
नलगाए सुहौदैना
फिटिक्कै सुहौदैना
भीडमै बिलैंछा
कतै हराइन्छ
तभ मानवता जागेर क गर्नु ?
पागल बस्तीमा कसलाई भन्नु ?
म सर्वश्रेस्ठ प्राणी हुँ
म मानव हुँ
म मानव हुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *