रात यो सुनसान, चकमन्न वरिपरि
नानाथरी कुराभित्र, मनमा एउटै कुरा खेल्छ
म किन यस्तो ? म किन यस्तो ?

कसैको हाँसो मिठो, बोली मिठो कसैको
कसैको बेवाहार रे, कसैको चाल
मनको मेरो प्रश्न, के छ ममा तेस्तो ?
म किन यस्तो ? म किन यस्तो ?

मानिसको भीडमा कतै हराउँछु कि म
पहिचाननै नभई कतै म बिलाउछु कि
मनको सधै त्यही कुरा, किन छैन अरु जस्तो ?
म किन यस्तो ? म किन यस्तो ?

कोशिस गर्न नपुगेर हो कि,
कसैसँग नझुकेर पो हो
हारसँग बैरनै छ
खै जीतको स्वाद पाउन सकिन
दुनियाको नि उही कुरा,
किन भइस यस्तो ?
म किन यस्तो ? म किन यस्तो ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *