Skip to content


त्यो हासोमा लट्ठिएछु, आसुँ झर्या पत्तै पाइन
एकाएक अलगभै उनी, डोली चड्या पत्तै पाइन

बेस्वादमै उनको पछि, दौडिएको पत्तै पाइन
मायाको सागरमा एक्लै, पौडिएको पत्तै पाइन
मायाको हाम्रो बगैचा, फाँडिएको पत्तै पाइन
त्यो मुटुमा अर्कैको झन्डा, गाडिएको पत्तै पाइन

हार मलाई जीत उसले, सारेको नि पत्तै पाइन
हास्दै गइन आशुँ मलाई, पारेको नि पत्तै पाइन
यो जीवनलाई मदिराले, घेरेको नि पत्तै पाइन
दुनियाले तमाशा बनाई, हेरेको नि पत्तै पाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *