Skip to content

कलमले पानामा लेखिरहेछु


भन्छौ होला गयो यो त एकोहोरो भयो यो त
म त जीवन देखिरहेछु कलमले पानामा लेखिरहेछु

मदिराको नशाभन्दा भावनाको नशा प्यारो
हरेक निद्रामा म मिठा सपना देखिरहेछु

जीवनको थकानलाई कागजमा बिसाउँदै
न्यानो भावनाको तापमा मनलाई सेकिरहेछु

फलाम त खियौञ्छ हावा पानी मिसिदामा
जीवनको भारी बोक्न कलम लौरो टेकिरहेछु

म त जीवन देखिरहेछु कलमले पानामा लेखिरहेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *