Skip to content

तिम्लाई भेट्ने रहर भो आज


तिम्लाई भेट्ने लहरभो आज
माया गास्ने रहर भो आज
शिशिर झैँ रित्तो मन नि
माया बस्ने सहर भो आज

एक्लो एक्लो मेरो, जीवन यात्रा
घटाई दियोउ एक्लोपनको मात्रा
संगै जिउने मर्ने ठहर भो आज
माया गास्ने रहर भो आज

तिम्लाई भेटेपछिकै यो असरहो
विषमा नि पाए अमृत सारा
आफै भित्र सुकेको यो मन नि
माया बग्ने नहर भो आज

Leave a Reply

Your email address will not be published. Required fields are marked *