नेपाल निर्माणमा प्रयोग भएको औजार “चन्द्रहाँस खड्ग”
प्राचिनकालकमा ओभरसियर, इन्जिनियरलाई चाहिने जति पनि चाहिने आवश्यक औजारहरू अविस्कार भए वा बनाए ती सबै औजारहरूको प्रतिनिधिकारुपमा प्राचिन नेपाल सृष्टिका समयमा चाहिएको स्थानमा आवश्यक्ता अनुसारको विभिन्न किसिमले विश्वकर्मारुपी महामञ्जुश्रीको मूल औजार स्वरुप भै प्रयोग भएको औजारहरूको मूलरुप हो “चन्द्रहास खड्ग” । यही औजारले विभिन्न स्थानको पहाड पर्वत डाँडाहरूलाई फोर्दै यहाँको कालीदहको पानी सबै बाहिर पठाई यहाँ मानववस्तीको उपयुक्त वास्थान निर्माण गरेर प्राचीन नेपालको पहिलो मानववस्ती काठमाडौँमा मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएर आफू चीनतर्फ लागे ।
