कुशे औसी( गोकर्ण औसी) र बाऊको मुख हेर्ने

कुशे औसी( गोकर्ण औसी) र बाऊको मुख हेर्ने
प्रकाशमान शिल्पकार
कुश घाँस बर्गमा पर्ने धार्मिक दृष्टिकोणले अति महत्वपूर्ण तृण जातिको पावन घाँस हो । यसको बैज्ञानिक नाम Desmostachya bipinnata हो । पूजा अर्चना इत्यादी धार्मिक तथा पितृकार्यमा कुश(कुस)को प्रयोग प्राचीन काल देखी नै गरिंदै आएका छन् । यसको पवित्रताका बिषयमा, महत्व र उपयोगिताका बारेमा श्रीमद भागवत्, विष्णु पुराण, गरुड पुराण तथा अथर्ववेद लगायत पौराणिक ग्रन्थहरुमा वर्णित गरेको पाईन्छन् । भाद्र कृष्ण अ्आवस्याको दिन बिधिवत पूजा गरी ” ॐ विरिञ्चिना सहोत्पन्न परभेष्ठी निसर्गत: । नुद पापानी सर्वाणी दर्भ स्वस्ती करोभव । ॐ हुँ फट् स्वाहा ” अर्तात् पर ब्रम्हको सृष्टिमा ब्रम्हाजीका साथै उत्पन्न भएका हे कुशदेव सबै पापलाई नाश गर कल्याण कारक होऊ । भन्ने मन्त्र उचारण गर्दै छेदन याने काटेर घरमा राखिन्छन् । शास्त्रोक बिधिअनुसार ब्राम्हणद्वारा पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्याएको कुश घरमा राख्नाले परिवारको क्ल्याण हुने धार्मिक मान्यत्ता र विश्वास छ । सनातनीहरु कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतिक मान्दछन् । कुश छेदन गर्ने औसी भएकाले नै यो दिनलाई कुशे औसी भनेको हो । यो दिन छेदन गरीएको कुश वर्ष दिन सम्मको धार्मिक तथा पितृकार्यमा प्रयोग गरिन्छ । कुशे औसीका दिनमा छेदन गरीएको कुश घर्मा नभएको अवस्थामा अपरझत कुशको आवश्यक पर्दा छेदन गरिएको कुश सोही दिनका लागी मात्र धार्मिक कार्यमा प्रयोग गर्न सकिन्छन् । त्यस्तै आईतवार छेदन गरीएको सात दिन, पूर्णेमा छेदन गरीएको पन्द्र दिनसम्म र अन्य औसीमा छेदन गरीएको एक महिना सम्म मात्र प्रयोग गर्न सकिन्छन् भन्ने पनि यहाँ ब्राम्हणहरुको मत रहेकाछन् । यसको पवित्रताका बारेमा पौराणिक कथाहरुमा उल्लेखित भर अनुसार सप्तऋषी मध्यकी महर्षी कश्यपका कद्रू र विनता नामगरेका दुई पत्नीहरु थिए ।महर्षिका पत्नीहरु दुबै महर्षी कस्यपको खुब सेवा गर्दथिए त्यसैले आफ्नो पत्नीहरुको सेवा- भावनाले अभिभूत भै एक दिन पत्नीहरुलाई वरदान माग्न आदेश दिनु भए छन् । पतिको आदेध अनुसार कद्रूले एक हजार छोराको तथा विनताले दुई प्रतापी छोराको वरदाना माग्दा तथास्तु भनेर वरदान दिई आफु ध्यान साधनामा लिन भए । पछि वरदान अनुसार कद्रूले एक हजार चोराहरु सर्पका रुपमा पाए भने बिनताले अति प्रतापी दुई छोराहरु पाए एउटा छोरा पंछीहरुको राजा गरुड थिए । तर दूर्भाग्य वंस विनताको भूल वंश एवं कद्रूको चलाखिका कारण विनता कद्रूको दासभै बस्न बाध्य भए ।
प्रतापी गरुडले आफ्नो आमा सौतेनी आमाको दास भै बस्नु परेको थाहा पाए पछि गरुडले आमालाई दास बाट मुक्त गर्न कद्रूका छोराहरुलाई प्रस्ताब राख्दा यदि स्वर्ग बाट अ्रित ल्याई दिए भने विनतालाई दासता बाट मुक्त गरिदिने छु भने । प्रतापी गरुडले पनि प्रस्ताव स्वीकार गरी आफ्नो पराक्रमले स्वर्ग बाट अ्रितको कलश ल्याएर कद्रूको छोराको अगादी कुश नामको घाँसमाथी राखी दिए । र आफ्नो आमालाई उनीहरुको दासता बाट मुक्त गराउन सफ्ल भए । विनता दासबाट मुक्त हुना साथ कुशमाथी राखिएको अ्रितको कलश देवराज इन्द्रले तत्काल नै स्वर्गमा लिएर जानु भए छ । र कद्रूका छोरा सर्पहरु हिस्स हुन पुगे छन् । अ्रित पान गर्न नपाए पछि सर्पहरुले तुरन्त गरुड संग गुनासो गर्दा उनीहरुलाई संम्झाउँदै गरुडले भन्नु भए छन् – अब अ्रितको कलश पुन: प्राप्त गर्न सकिदैन तर यदि तिमिहरु सवले अ्रितको कलश जहाँनिर राखीएको हो त्यस घाँसमा आ- आफ्नो जिबले चाट्नु भयो भने अ्रितको केहि आंमशिक लाभ लिन सक्ला अन्यथा अ्रितको को बिकल्प छैन भनी गरुडले भनेको सुनेर अ्रित पानको लालसामा कद्रूका छोरा सर्पहरुले कुश चाट्न थाले , जसका कारण कुशको धारले उनीहरुको जिब्रो चिरा हुन पुग्यो र छटपटाउन थाले । यसै कारण आज सम्म पनि हामी सवैले सर्पहरुको जिब्रो दुई भागमा चिरा परेको देख्न पाउँछौ । तर ” कुश” घाँसको महत्वत्ता अ्रित कलश राख्नुका कारण बढ्न गयो र विष्णु भगवानको आदेश अनुसार यस कुशलाई धार्मिक तथा पित्री कार्यमा अनिवार्य प्रयोग गर्न थालियो ।
कुशको प्रयोग पूजा गर्ने समयमा कुशले जल छ्ड्कने, गोदान कार्यमा कुशको औथी लगाउने, विवाह मण्डप तथा अन्य मांगलिक एवं पित्री कार्यमा प्रयोग गर्ने गरीन्छन् । किनकी यसको स्पर्श अ्रित संग भएकस थियो । जप पाठ गर्दा यसको आसन( कुशासन) बनसिइ बस्दा उत्तम हुने र सयन गर्दा बिछ्याउनामा यो यो कुश तेर्सो पारेर राख्दा नराम्रो सपना बाट मुक्त हुने एवं मानसिक तनाब हत्ने भन्ने पनि ज्ञाताहरु बताउँ छन् । आयुर्वेदिक उपचस्रमा पनि यो ठूलो महत्वरहेको छ । तराई देखी पहाड सम्म पाइने यो घाँस बाट विविध उपचारको निमित्त औषधी बनाईन्छ । कुशको औषधी प्रयोग गर्दा मृगौलाको पत्थरी, जलन रक्तपित्त तथा तिर्खा लगायत रोगको उपचार गर्न सकिन्छ भन्ने कविराजहरु बताउँछन् । कुश छेदन गर्दा सावधानी पूर्वक गर्न सक्नु पर्दछ अन्यथा आफ्नो हातमा घाउ लाग्न सक्छन् ।
कुशे औसीका दिन आम नेपालीको परम्परागत संस्कार अनुसार बुबाको मुख हेर्ने दिन पनि हो । गोकर्ण औसीको नामले पनि चिनिने यस पर्वमा छोरा छोरीहरुले आ-आफ्ना बुबालाई मिठो मिठो भोजन खुवाई आदर सम्मान् प्रकट गर्ने परम्परा आमनेपालीमा रहेका छन् । बाबु नहुनेहरुले बिभिन्न तिर्थस्थलहरुमा गैइ आफ्ना मृत बाबुका नाममा तर्पण तथा श्राध्द गरी यथासक्य सिदादान गर्दछन् । काठमाण्डौको गोकर्णेश्वर महादेव, रसुवाको वेत्रावती, नुवाकोटको देवीघाट , बराहाक्षेत्र लगात विभिन्न तिर्थस्थलहरु लगायत मठ मन्दिरहरुमा गैई आ-आफ्ना दिवंगत बाबुको नाममा तर्पण र सिदादान गर्नेहरुको ठूलो घुईचो लाग्छ । कुशे औसीको दिनलाई आज भोली फादर दे याने बाबु दिवसको रुपमा मनाउने परम्परामा बिकसित हुदै गएको देखिन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *