Skip to content



काठमाणडौ उपत्यका सडक सुधार आयोजनाको कार्यक्रम अन्तर्गत सडक विभागले उपत्यकाको नौ वटा सडक विस्तार आयोजना गदैछ । उपत्यकाको सडक विस्तार कार्यमा तृपुरेस्वर-कलङ्की- नागढुङ्गा भित्रको १२ किलोमीटर सडकलाई प्राथमिकताका साथ कार्य गर्ने योजना सहित कार्यथालनी गरिन्दैछन यस कार्यबाट यस क्षत्रको सडक किनामारहेका हजारभन्दा घर प्रभावित हुने देखिन्छन । राजमार्ग सीमा तय हुनुभन्दा पहिले याने अघि निर्माण भएका घरलाई क्षेतिपुर्ति दिने तर अन्य घरलाई कुनै क्षतिपूर्ती नदिने भन्ने सरकारले भनिसकेका छन । सडक विभागको पूर्व व्यवस्था अनुसार राजमार्गको दायाँ-बायाँ ५० मीटर र सहायक राजमार्गको ३० मीटर सीमा तय राखेका छन ।

त्रीपुरेश्वर-कलङ्की-नागढुङ्गा सडक क्षेत्रभित्र पर्ने सोल्तीमोद देखि कलङ्की चोकसम्मको सडक क्षेत्रलाई चक्र पथ निर्माण हुनु अगादी, मेयर केशब स्थापितको पालामा समेत पटक पटक गरी जम्मा दुई पटक सडक किनारामारहेका घरहरू तोडफोड गरी सडक विस्तार गरिसकेका छन । अहिले गरिरहेको तेस्रो पटकको हो । गत २०७२ बैशाख १२ र २९ गते गएको बिनासकारी महाभूकम्पले यश क्षेत्रको एक दुई घर बहेक अन्य घर पूर्णरुपमा क्षेती नदेखिएतापनि घरको जग्ग भने निकै कमजोर अव्स्थामा पुगेका देखिन्छन । २०७२ बैशाख १२ अघिसम्म जतिसुकै ठूला र मालबहक गादी आउँदा पनि गर कम्पन भएको महसुस नहुने घर,मन्दिर अहिले महाभूकम्प पश्च्यात ठूलो गादी आउँदा भूकम्पको सानो झत्का आए जस्तै कम्पन भएको यहाँका बासिन्दाले महसुस गर्ने गर्दै आएकाछन । यस्तो कम्जोर अवस्थामा पुगेका घरले अबको सडक विस्तारले दिबे झत्कालाई थेग्न सक्लान भन्ने कुरामा सडक किनारमा घर भएका स्थानुय घर धनिहरू संसकित र त्रसित अवद्थामा छन । यस्तो त्रसित र संसकित अवस्थामा पनि डोजरले आफ्नो घरलाई प्रहार गरेको तुलतुल हेरिरहने अथवा भूकम्पले घरको जग्ग छिया छिया पारी कम्जोर अवस्थामा पुर्याई राखेको आफ्नो घरलाई आफैले अर्को झत्का दिई सडक विस्तारमा परेको भाग भत्काई घरलाई पुन: कम्जोर अवद्थामा पुर्याउने बाहेक घरधनीलाई अर्को बिकल्प छैन ।

काठमाण्डौ उपत्यका बाहिरभन्दा यहाँ शान्ति सुरक्षा लगायत सुबिधा भएको तथा काठमाण्डौं देशको राजधानी समेत भएकाले पनि बाहिरबाट बाढीसरह भित्रिने जनसागरके नुरन्तरता पाइनैरहेका जारणले यहाँ जमुनले थेग्नै नसक्ने अवस्थामा पुगिसकेको अवस्था छ भने अर्को तर्फ नयाँ नयाँ सवारी साधनगहरू भौत्र्याउने जार्यले पनि निरन्तरन्ता पाइनै रहेकाके यहाँका सडक सडक गल्ली सबै दिन दिनै साँघुरिन्दै छन । राजधानी भित्रीने जनसागर र नयाँ सवारी साधन भित्रीयाउने कार्यलाई राज्यले नीतिनुयम बनाई अब पनि नियन्त्रण नगर्ने हो भने भोलि यहाँ बिकराल स्थितिको सामना गर्नु पर्ने निश्चुत नै छ ।

त्रिपुरेश्वर-कलङ्की-नागढुङ्गा सडकको यश सडक क्षेत्रभित्र पर्ने साविक न्हेंपंखा भन्ने हाल कलङ्की भनी प्रख्यात पाएको क्षेत्रमारहेको कलह र कलङ्क नासिनी भगवती श्रीकलङ्की माता ( कल्खु अजिमा, बालकुनारी माता)ले तस क्षेत्रमा सडक बिभागले गरिएका पटक पटक सडक विस्तारको क्रममा आफ्नो तीन वटा पाटी, आफूले स्नान गर्ने तथा भक्तजनले आफूलाई जल चढाउन जल लिने इनार र सो इनारबाट जल झिकेर आफू र बटुवालाई पानी ख्वाउन जल संचय गरीराख्ने बज्रले निर्मित कलात्मक हात्ती आकारको जल भाँडो( पानी ट्याङ्की) गुमाइसकेका छन । अबको सडक विस्तारमा कलङ्की मस्ता र मन्दिरले आफ्नो कुनै भौतिक साधन र जमिन गुमाउनु पर्ने अवस्था नदेखिएतापनि सडक वुस्तार उपरान्त भोलिका दिनमा मन्दिरको दायाँ बस्याँ दुवै तर्फबाट सवारी साधनहरू हुँइकिन्दा आफ्नु मन्दिर र मन्दिरमा श्रध्दाभक्तिका साथ आउने भकतजनह्स्रुको जिउज्यान जोखिममा पर्न सकिने देखिन आउँछ ।
साँघुरिन्दै गैरहेको सडकको समस्यासडक विस्तार मात्र हो अन्य कुनै बिकल्प छैन भनी पटक पटक सर्वसाधारनको घर भत्काइ सडक फराकिलो गर्दै सडक विस्तार गर्नु उपयुक्त र न्यायोचित मान्न सकिनन । सडकमा दिनहुँ देखिने ट्राफिक जामलाई निउन्न गर्ने एउटा उपाए भनेको सवारी चाकहरूलाई लेन अनुशासन कढाइका साथ लागू गर्नु, बैकल्पिक मार्गहरू प्रयोगमा ल्याउने, सडक पेटीमा पसल राख्नेहरूलाई कढाई गर्ने लगायत कार्य राज्यले अति कढाईका साथ गर्नु पर्दछन बने सवारी चालकहरू आफैले पनि अनुशासित भै सवारी हाक्नु आवश्यक हुन्छ । विभिन्न उपाएहरू अपनाउँदा पनि समस्या समाधन नभै सडक बिस्तार बाहेक अरु बिकल्प नभएको अवस्थामा सडक विस्तार गर्नै पर्ने भएमा कुनै मठ, मन्दिर लगायतका श्रध्दालुहरूको आस्था र विश्वासमा आँच नाआउने गरी मठ मन्दिर लगायत भक्तजनहरूको संभावित हुन सक्ने दुरघटनाको दृष्टिलाई पनि मध्यनजर गरी जोखिमलाई निउन्न गरी कार्ययोजना गर्नु उपयुक्त नै हुन्छन । अत:यस तर्फ सरोकारवाला सबैले मनन गर्नै पर्छ ।

प्रकाशमान शिपकार
राजधानी दैनिक
बिहीवार १४ जेष्ठ २०७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *