होम सुवेदी
पानीकाे विकराल रूप
पानीको विकराल रूप छ यहाँ के देख्नु मैले प-यो
कोशी बन्न पुग्यो यहाँ जलधि झैं उठ्दैैछ यौटा धुन
नौलो छाल उठी विरक्तसँगले कोशी सुसायो किन
यो बेला मुटुभित्र आज यसरी गाँठो परेको किन ?
खै कस्तो दुविधा भएछ अहिले केही म यो जान्दिनँ ।।
वर्षा आउनुपूर्व त्योे जलधि झैं कोशी थियो सुस्थिर
सुख्खाग्रस्त थिए पहाडतिरका पाखा पखेरा भिर
वर्षामा घनघोर बग्दछ जसै आषाढमा झन् पिर
कोशी बग्दछ उर्लिएर अहिले हाम्रो तराई तिर ।।
मायाभित्र जमेछ कोशी अहिले मेरै परेलीनिर
आँसुबाट चुहुन्छ मेची अहिले मेरै बलेंसीनिर
आँखा चिम्म गरेर बाहिर कतै आँसु कहाँ झर्छ र
मानौ बालद ओर्लिंदैछ अहिले केही झुकाई शिर ।।
संस्मरण
समाजमा हुँदा रहेछन् । समाज पनि हुँदो रहेछ । समाज गजब छ । यसो विचार गर्छु र आफैं जिल्ल पर्छु ।
पुरानो र चलिरहेको कथा सम्झन्छु । नाम नभनौं । हुनुहुन्थ्यो उहाँ । यो कल्पना हैन सत्य र अति सत्य हो । मिर्चैयामा रक्सीको सेवनबाट मोक्ष पाउनेहरुको कुरा सुनेपछि आज मलाई उहाँको याद सारै आयो । उहाँ मात्र भनांै । उहाँको नाम दिनु पनि असल भएन किनभने जस्तो भए पनि उहाँका छोरा छँदैछन्, बुहारी छन् नातिनातिना छन् । सबै छँदैछन् । नभएका भने उहाँ र उहाँकी मात्र हुन् । भएकासँग दैनिक भेट भइरहन्छ । नभएको ता कता भेटिनु !
पर्देशबाट घरको सम्झना
बेला यो छ असारको सिमसिमे छिट्याउँदो हो झरी
कैले बादल उग्र भै घनघटा वर्षाउँदो हो झरी
पैरोले भिर खेत बारीहरु नै हुत्याउँदै पो छ कि ?
चम्काएर मिलिक्क पापी विजुली अत्याउँदै पो छ कि ?
खेतालाहरु ब्याँसी खेत लहरे गाएर झर्दा हुनन्
रोपाहार मसक्क मस्किई हिलो छ्यापेर खेल्दा हुनन्
ब्याडे चाहिं बियाडबाट बिउका फ्याँकेर मुठ्ठाहरु
जिस्के हुन् सपना भयो घर पनि टाढा छु खै के गरुँ ?
नारी – २
नारीकाे गुणका सामु मेरो यो शिर झुक्तछ
यो रहस्य नबुझ्ने जो छ त्यो मानव चुक्तछ ।।
सृष्टि संरचना गर्ने तिमी झैं अरु को छ र
नारी हौ तिमी हे नारी तिमी हौ प्रेमको घर ।।
पिएर आँसुका धारा तिमी जीवन बाँच्तछ्यौ
भाेको बस्तै अरुलाई कनिका पनि साँच्तछ्यौ ।।
हे नारी प्रेमगङ्गा हौ सिर्जनाकी मुहान हौ
हामी लोग्नेहरुलाई सधैंकी अभिमान हौ ।।
खोस्टैमा तिमी पस्कन्छ्यौ कलाको दिव्य मोहनी
कलाको जादूले युक्त तिम्रो उच्च छ जीवनी ।।
सिन्काको भरमा तिम्रो कलाकारी उदाउँछ
चौकोमा होस् चुलाेमा होस् त्यो कला मुस्कुराउँछ ।।
यो त झन् भन्न चाहन्छु को छ तिम्रो बरोबर ?
राष्ट्रिय गीत
राष्ट्रिय गीत
होम सुवेदी
भद्रपुर, झापा, नेपाल
हा…..पसिना झारी के पाउने होला अर्काको बारीमा
ढाकेको होला झारले आफ्नो खेत र बारीमा…………
चुहुने आफ्नो घरलाई बिर्सी अर्काको छाउँदै छौं
तिमीलाई शिरमा राखौंला आमा फर्केर आउँदै छौं ।।
नरोऊ आमा छोराको तसबिर छातीमा टाँसेर
दुःखमा पनि सुखमा पनि बसौंला हाँसेर
ब्यर्थैमा पैसा कमाउन लाई विदेश धाउँदै छौं
तिमीलाई शिरमा राखौंला आमा फर्केर आउँदै छौं ।।
स्वतन्त्र खोजी चरी झैं उड्ने सपना बोकेर
के पाउने यहाँ गर्मीका ठाउमा यो थाप्लो ठोकेर
पुर्खाको थलो छोडेर आज यो दुःख पाउँदै छांै
तिमीलाई शिरमा राखौंला आमा फर्केर आउँदै छौं ।।
ढाँटेको कुरा काटे मिल्दैन
ढाँटेके कुरा काटे मिल्दैन
कहिले काहीं नढाँटी नहुने । पर्छन् त्यस्तै कुरा अप्ठेराहरु समाजमा बसेपछि । बाध्यता परिदिन्छ कुनै कुनै कुरामा । कहिले भने व्यर्थमा ढाँटिन्छ र परिन्छ आफ्नै खनेको खाल्टोमा । यस्तै आफैं खाल्टोमा परेको मेरो ढाँटकर्मको एक कथा हो यो ।
अहिलेको हैन आज भन्दा तिस वर्ष अघिको कुरा हो । म डेरामा बस्थें । वरपर परिचय भइसकेको थियो । सबैले मान्थे । डेरा बसेको घरैनिर छिमेकमा घर भएका र मेरै कजेलमा साथै पढाउने मेरै साथीका भाइको बिहे थियो । म मात्र नभई मेरी श्रीमतीकाे पनि त्यहाँ आउजाउ हुन थालेको थियो । यसैले जन्ती जाने कसार बटार्ने र रतेउली खेल्ने समेत निम्ता थियो ।
जानकारी
भाव वा रसका लागि उपयुक्त ठहराइएका केही छन्दहरुः
मदलेखाः प्राकृतिक सौन्दर्यको वर्णनका लागि उपयुक्त
चम्पकमालाः कोमल पदावलीका साथ श्रृङ्गार
शशिवदनाः प्राकृतिक सौन्दर्यको वर्णनका लागि उपयुक्त
समानिकाः वीर र रौद्ररसका लागि
अनुष्टुप् सबै रसका लागि
प्रमाणिकाः वीर रस
इन्द्रबज्राः करुण रस
स्वागताः वीर र करुण रस
इन्दिराः भक्तिरस वा गीति रचनामा
भुजङ्गप्रयातः शान्तरस कोमल पदावली
इन्द्रवंशाः सबै भावमा उपुक्त
द्रुतविलम्बितः प्रकृतिको वर्णनमा । यमक अलङ्कार विशेष
प्रहर्षिणीः सौन्दर्य वर्णन
वसन्ततिलकाः प्राकृतिक सौन्दर्यको वर्णनमा र करुण रस
