अज्ञानको छ निद्रा निद्रा टुटाउने छन्
हाम्रै युवाहरुले यो देश उठाउने छन्
धेरै भयौं पछौटे भन्दै अगाडि आई
हज्जार पाखुराले बाँझो फुटाउने छन्
विश्वासको दियालो बालेर शुद्ध मनले
नेता अगाडि लागे हज्जार आउने छन्
उच्चाइबाट अग्ला झर्नाहरु झरेझैं
आएर श्वेदधारा आफैं छुटाउने छन्
प्यारा युवाहरु हो लौ देश यो समाल
भन्दै सहिदहरुले यो गीत गाउने छन्
बाँझै भएर छाती नैराश्य बढ्न लाग्यो
आवाद गर्न आजै आस्था जुटाउने छन् ।।
