दसै सकियो
यस पालि पनि अलिकति दशा लिएर आएको थियो
अघिल्लो वर्षकै जसरी ।
यस पालि पनि कतै कतैतिर
उन्माद लिएर आएको थियो
अघिल्ला वर्षहरुकै जसरी ।
यस पालि पनि केही तडकभडक लिएर आएको थियो
उहिलेकै जसरी ।
यस पालि पनि जुवा तास र डाइस लिएर आएको थियो
सधैकै जसरी ।
खाए दक्षीणा थापेर केही मुन्द्रेहरुले मादक
अघिल्लो वर्षकै जसरी ।
केही वर्ष अघिमात्र
यसलाइ बहिष्कार गर्थे केही जातिवादी अतिवादीहरु
यस पालि ता तिनैका छोराहरुले
यसैको नाममा
खाए मादक पदार्थ रातरात भरि ।
खेले टोलमा हालिदिएको पिङ् पनि दिन रातरात भरि ।
अलि हल्ला गरे टोलभरि ।
यसै अवसरले
हुन सक्छन् केही चेलीबेटीहरु गर्भिणी ।
