Skip to content

होम सुवेदी

दसै‌ सकियो

यस पालि पनि अलिकति दशा लिएर आएको थियो
अघिल्लो वर्षकै जसरी ।
यस पालि पनि कतै कतैतिर
उन्माद लिएर आएको थियो
अघिल्ला वर्षहरुकै जसरी ।
यस पालि पनि केही तडकभडक लिएर आएको थियो
उहिलेकै जसरी ।
यस पालि पनि जुवा तास र डाइस लिएर आएको थियो
सधै‌कै जसरी ।
खाए दक्षीणा थापेर केही मुन्द्रेहरुले मादक
अघिल्लो वर्षकै जसरी ।
केही वर्ष अघिमात्र
यसलाइ बहिष्कार गर्थे केही जातिवादी अतिवादीहरु
यस पालि ता तिनैका छोराहरुले
यसैको नाममा
खाए मादक पदार्थ रातरात भरि ।
खेले टोलमा हालिदिएको पिङ् पनि दिन रातरात भरि ।
अलि हल्ला गरे टोलभरि ।
यसै अवसरले
हुन सक्छन् केही चेलीबेटीहरु गर्भिणी ।

एसएमएस मोह

एसएमएसमोह

—होम सुवेदी
केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आपूmले समेत घरमा मोबालय, टेलिििभजन आदिको जोहो गर्नै प¥यो । अचेल ता उनी कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्दा टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरुमा मोबायलबाट आफ्ना साथीहरु, संस्थाहरु र इष्टमित्रहरुलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् ।

भन्न पनि लाज लाग्छ

खै उस बेलाको यो बुढेसकालमा के कुरा गर्ने
खाने नखानेको कुरै थिएन
जे पनि खाइन्थ्यो
जाने नजानेको ठेगान थिएन
जहाँ पनि गइन्थ्यो
बोल्ने नबोल्ने कुराको हेक्कै थिएन
जे पनि बोलिन्थ्यो
भन्न पनि अहिले ता लाज लाग्छ
उ बेला के मात्र गरिएन
अरुलाइ नभन्नुहोला
तपाइँहरुलाइ मात्र सुटुक्क भन्छु
एक बाजि ता
झन्डै लाटीका फेला परिएन ।

दशै‌को उपहार

विद्यालबाट आइपुगना साथ सानीले घरभित्र नपसी बाहिरबाटै कराइ- ” ल्याइदिनुभो ?”
“के भनेकी थिस् अरे ?” उनले थाहा पाए पनि थाहा नपाएझै‌ गरिन् । उनका अघि विद्यालय जानु अघि सानीले भनेकी थिइ-“मलाइ बरु चाहिएन लुगासुगा यस पालिको दसै‌मा मलाइ मोबायल किनिदिनुहोला ?” यसै भनेर विद्यालय गएकी थिइ । आमालाइ अहिले पो थाहा भएको भान पारिन् र भनिन् “ज्या है, भुसुक्कै भएँछु ।”

निबन्ध

ताङ्सेको भिरबाट गोठालाहरूसँग एसएमएस
आज शनिवारको दिन । पहाडको पुरानो आफ्नै पैत्रिक गाउँमा म छु । पल्लो गाउँतिर जान मन लागेको छ । उहिलेको आफूले गाई हेरेको भिर, सैसला खेलेको ठाउँ पनि हेरिने, समय पनि बित्ने सोचेर म लागें आम्बोटेतिर । मैले गाई चराएको भिरको बाटोबाट म हिंडिरहेको थिएँ, जाँदा जाँदै मेरा मनमा कुरा झुत्तिन थाले ।

त्रिभुवन विश्वविद्यालयलाई विराटनगर जूट कारखान बनाउनेहरूको अनुहारहरू

हामी विश्वविद्यालयमा काम गर्नेहरूलाई ता विश्वविद्यालयको हालत के हुन लाग्दै छ भन्ने कुरा थाहा नै थियो ।

नेपाललाई सरक्कै घुमुउनुपर्यो

नेपाललाई सरक्कै घुमाउनु प¥यो

ए कोही छौ ?
नेपाललाई सरक्कै उचाल्ने क्षमता भएकाहरु ?
ए कोही ता छौ ?
नेपाललाई परक्कै बटार्न सक्ने पौरख भएकाहरु ?
आओ नेपाललाई उल्टाउनु प¥यो
आओ नेपाललाई पल्टाउनु प¥यो
आओ नेपालाई
एकातिरबाट अर्कातिर घुमाउनु प¥यो
दीर्घकालीन समस्या सल्टाउनुप¥यो ।
जुरुक्क उठाएर नेपाललाई
फनक्क घुमाउनु प¥यो ।
पूर्वलाई पश्चिम र पश्चिमलाई पूर्वतिर
मेचीलाई महाकाली र
महाकालीलाई मेचीतिर फर्काउनुप¥यो ।
ए कोही छौ ?
आओ नेपाललाई घुमाउनुप¥यो ।
साइड चेन्ज गर्नुप¥यो ।
व्यर्थको पुरानो अस्तित्वको भाङ्लो भिरेर के गर्नु ?
यो तिमीहरु सक्नेकै लागि भयो ।

नेपाली ढुकढुकीः लोकगीतको महत्व दर्शाउने कृति

नेपाली समाजमा लोकगित र लोकसंस्कृतिको महत्व अत्यन्त उच्चा छ । लोकसाहित्यको एक विधाका रुपमा लोकगीतको स्थान छ । लोकगित भन्नाले लोकजीवनका उकालीओरालीका र सुखदुःखका कथाव्यथाहरू स्वतः समाविष्ट हुने तथा लयात्मक बान्कीमा सुखदुःखका क्षणहरूमा गुनगुनाइने लोकजीवनबाटै उब्जने एक विशिष्ट गीत्यात्मक कवितात्मक साहित्य नै हो । जीवनमा यसको महत्व अधिक रहेको हुन्छ ।

मुन्द्रे्का दिन फिरे

बाटो छेक्नेहरु जाओ वैद्यबाको नजीकमा
लुटेराहरु लौ लाग वैद्यबाकै समीपमा ।

अपहरणमा लाग चन्दा आतङ्कमा भीड
अन्यत्र छैन यो धन्दा बैद्यजीका सँगै हि‌ड ।

के भनौ‌ क‍े भनौ‌ मित्र सकिए अरुका दिन
गएछन् अरुका हेर फर्किए वैंद्यका दिन ।

सबै मुन्द्रे यता लाग भित्ती भोगीहरु भीड
ढिलो भो अझ भो ढीलो चाँडोचाँडो गरी हिड ।

टाइगर हिलको सूर्य र मेरो करेसो

म पोहोर साल एक दिन बिहानै यात्राको क्रममा दार्जिलिङको टाइगर हिलमा थिएँ । त्यहाँ घामको झुल्कँदो दृश्य हेर्न मान्छेहरूको निकै घन्चा हुन्छ भन्ने सुनेको थिएँ, हुँदो पनिरहेछ । मलाई पनि के के न होला भनेर यो दृख्य हेर्ने मन थियो धेरै पहिल्यैदेखि । यतै पढे यतै बढें, तर यो दृश्य हेर्न पाएको थिइनँ, यसैले म थिएँ बडो व्यग्र । अनि बडो व्यग्र भएर म त्यहाँ पुगेको थिएँ । त्यहाँ पुग्नु पनि थियो । पुगियो कसै गरी । तर मेरो घाम झुल्केको दृश्य हेर्ने त्यस यात्रामा घाम झुल्कना साथ घामको दृश्य देखिनुको साटो सिमसिमे पानी परेको दृश्य आँखामा परिदियो । पाहिलो पटक मेरा यात्रामा घामको झुल्कँदो दृख्य हेर्ने इच्छा यसरी मरेर गयो । सिमसिमे घामपानी परेको दृश्यका लािग मैले यतिका टाढा आइरहनु पर्ने थिएन । यस्ता दृश्य अनगन्ती देखिएका हुन् । त्यो यात्रामो झुल्कँदो घामको दृशय हेर्ने इच्छा अच्कल्टियो । यो दृश्य हेर्नकै लागि भने मैले मेरै घरको करेसोबाट टाढा जानै पर्देनथ्यो ।

प्रचण्ड नाच

गाईजात्राको सन्दर्भ

शास्त्रीय गीत
मधुवनमा राधिका नाचे रे को लयमा

आ‍>>>>>>>>>
कान्तिमुरीमा प्रचण्ड नाचे रे नाचे रे नाचे रे
चलचित्रकर्मी महिलासँग कम्मर भाँचे रे भाँचे रे
नेपाललाइ नै धुजा धुजा पारे पनि
आफू भने आनन्दका साथ बाँचे रे बाँचे रे बाँचे रे
धुन धनननननननन तिरिकिटीधुम ताताधिरी तथै तथै
सारे गम पध निसा गमपधरे निसा
आहाहाहा हा हा …………..

शास्त्रीय सङ्गीतमा बोल थोरे हुने हुँदा यहाँ पनि बोल थोरै छ ।

युवाहरूलाई फेरि पनि स्वदेशमा खतरा छ

साउनको पहिलो हप्तामा नेपालका संचार माध्यमबाट नेपाली युवाहरू विदेका कति छन् भन्ने कुराको खबर प्रसारण भएको छ । नेपालबाट प्रति दिन औसत ४०० युवाहरू विविध कारणले स्वदेश छाडेर विदेशिंदै गरेको तथ्याङ्क अघि आएको छ । आजकै मितिमा हेर्दा पनि युवायुवतीहरू नभएको मुलुकका रुपमा नेपाल देखिन थालिसकेको छ भने यही अवस्था रहे केही वर्ष पछि नेपालमा युवायुवतीको अनिकाल लाग्ने कुरा पक्का भयो ।

भाइको बिहे नगरिदिनुहोला

आमा केही वर्ष भाइको बिहे नगरिदिनु होला
गरिहाल्नु भयो भने
स्वाभाविकै हो
उसका पनि छोराछोरी हुन सक्छन्
तिनलाई हुर्काउनु पर्छ
तिनलाई पढाउनु पनि पर्छ
तिनलाई विद्यालयमा भर्ना पनि गर्नु पर्छ ।
भर्ना गर्नासाथ के हुन्छ आमा तपाईंलाई थाहा छ ?

भ्यालेन्टाइन कविता

भ्यालेन्टाइन कविता
–होम सुवेदी
कुर्कुरे जब ममाथि चढेथ्यो, भीडभाडतिर ध्यान बढेथ्यो ।
ढेस्सिएर हुलका वीच छिर्न, आँट भित्रतिरबाट बढेथ्यो ।।
खाइ सार कि त लाइ छ सार, लम्पसार परी मर्नु धिकार ।
भित्र मन्त्र यही थ्यो उति बेला, आज पर्न म पुगें अब फेला ।।
धर्म गर्न मन यो किन जान्थ्यो, तै पनि भिडतिरै मन हुन्थ्यो ।
भीरभाड जहीं नित्य रहन्थ्यो, लौ त्यतै तिर पुगौं मन हुन्थ्यो ।।
गल्ली मात्र तिर यो कति चर्नु, घाँस चोकरहरु कति छर्नु ।
यो कुरा जब चल्यो मन भित्र, झन् परें म त बडो अलपत्र ।।
भीडभाडतिर भित्र पसेर, ठेलठाल गरी ठाउँ चुनेर ।
बस्न आतुर सधैं मन हुन्थ्यो, भित्री पीर मनको कुन सुन्थ्यो ?