Skip to content


गर्मीको त्राण हो छाता छाताले पानी छेल्दछ
पानी मात्र कहाँ यस्ले हाम्रो जीवन ठेल्दछ

जसका साथ यो छाता रहेन यो बुझे भयो
त्यसको जिन्दगी व्यर्थै व्यर्थैमा अमिलो भयो ।।

छाताका मूल्य भेटिन्छन् वेदमा वा पुराणमा
हाम्रो जीवन मात्रै के सुरक्षा गर्छ प्राणमा

यसैले यसको मोल भित्रै आउनु पर्दछ
माल पाएर के हुन्छ चाल पाउनु पर्दछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *