Skip to content

राष्ट्रिय गीत
होम सुवेदी
भद्रपुर, झापा, नेपाल

हा…..पसिना झारी के पाउने होला अर्काको बारीमा
ढाकेको होला झारले आफ्नो खेत र बारीमा…………
चुहुने आफ्नो घरलाई बिर्सी अर्काको छाउँदै छौं
तिमीलाई शिरमा राखौंला आमा फर्केर आउँदै छौं ।।

नरोऊ आमा छोराको तसबिर छातीमा टाँसेर
दुःखमा पनि सुखमा पनि बसौंला हाँसेर
ब्यर्थैमा पैसा कमाउन लाई विदेश धाउँदै छौं
तिमीलाई शिरमा राखौंला आमा फर्केर आउँदै छौं ।।

स्वतन्त्र खोजी चरी झैं उड्ने सपना बोकेर
के पाउने यहाँ गर्मीका ठाउमा यो थाप्लो ठोकेर
पुर्खाको थलो छोडेर आज यो दुःख पाउँदै छांै
तिमीलाई शिरमा राखौंला आमा फर्केर आउँदै छौं ।।

जङ्गलै भयो खेत र बारी फाँड्नेछौं आएर
माया र प्रेम सुख र दुःख बाँड्ने छौं आएर
लोभले हामी अर्काको गीत बेसुरमा गाउँदै छौं
तिमीलाई शिरमा राखौंला आमा फर्केर आउँदै छौं ।।

आवाद गर्छौं अर्कैको बारी आफ्नो चैं बाँझै छ
यो ठाउँभित्र पाएको दुःख मनभित्र ताजै छ
सहिदको इच्छा उधारो राखी झन् रिन लाउँदै छौं
तिमीलाई शिरमा राख्नलाई आमा फर्केर आउँदै छौं ।।
हा….. फर्केर आ….उँ…. दै….. छौं ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *