Skip to content

रोशन मिश्र

रमाइलो

तिमीसगँ हुने प्रेमको बात नै रमाइलो
सोर्ह वर्षे जवानीको मात नै रमाइलो

औंशीका रात भए प्रिय मलाई
तिम्रो समिप हुदा यो रात नै रमाइलो

रूबाएर गयौ ।

दोबाटोमा मलाई एक्लै रुबाएर गयौ ॥
भ्यालेनटाईमको दिन जुराएर गयौ ॥

आउछु भन्थेऊ भन्झाङको चौतारी
दिन भरि मलाई त्यही कुराएर गयौ ॥

धन सम्पतिको आडम्बर देखाऊने तिमि
चोख माया प्रेम सगँ डराएर गयौ॥

दिएकै थिए चोखो माया तिमिलाई
एक्लै बस है रोशन भनि अराएर गयौ ।

भ्यालेनटाईम स्पेशल गजल

सात जुनिसम्म तिमीलाई छोडने बालाछैन॥
गरेका बाचा बन्धन ती
तोडने बालाछैन॥

यो जन्दगी भर तिमीलाई
नै साथ दिन्छु
तिमीलाई एक्लो पारी बाटो मोडने बालाछैन॥

बरु मृत्यु आए पनि
स्वकार छु तर
अरू कसैसगँ मैले नाता
जोडने बालाछैन॥

“नगर्नु है प्रेम भन्थे”
गरिसके मैले त
अब अरू कसैको पनि प्रेम ओडने बाला छैन॥

कसरी हेरूँ मैले

कसरी हेरूँ मैले आँखाँ अगाडि लुटिएको तिमी
समाजमा कलङ्कित भई उसैसगँ छुटिएको तिमी

खै कुन्नि के सोचेर यतिसम्म गिरेको छौ आखिर
उसको पीडा र कठिन यातनाले चुटिएको तिमी

समाई गयौ पराईको हात

समाई गयौ पराईको हात कालि॥
रोजेउ तिम्ले सम्पतिको खात कालि॥

मन मुटु सबै दिएकै थिए
माया गर्छु भन्दा गरेऊ घात कालि॥

तिम्ले मलाई साथ दिएको भए
माग्न आउथे नि बासगँ हात कालि॥

के गर्न सक्छु मैले तिमिलाई
जति गरेनि मानेनौ मेरो बात कालि॥

परति लाईदैन अब

धोका दिने पिरती लाइदैन अब॥
झुट्टा वाचा कसम खाइदैन अब॥

गर्छौ भने साचो प्रमे गर मलाई
नौट्ङकी झाली माया चाईदैन अब॥

जति गाउनु गाई सके गित
झुटअ पिरतिका गित गाईदैन अब॥

निस्वार्थ रूपमा माया नगरे
मेरो मुटुमा बस्न पाईदैन अब॥

बन्धना (गजल)

मेरो मनको बन्धनमा बस्छौ त बन्धना
मलाई पनि थोरै माया गर्छौ त बन्धना

दिन रात तिम्रै याद आउने गर्छ मलाई
सुखदुख मिलेर भाग लगाउछौ त बन्धना

त्यो चादनी जस्तो मुहार भुल्न सकिन
मेरो जीवनको सहारा बन्छौ त बन्धना

नसालु नयन देखाएर गईमेरो धड्कन बडाएर गई

नसालु नयन देखाएर गई
मेरो धड्कन बडाएर गई

कसले देला माया भनेथे
मलाई माया चडाएर गई

कसैलाई माया गर्दिन भन्थे
मुटुमा नाम लेखाएर गई