तिमीसगँ हुने प्रेमको बात नै रमाइलो
सोर्ह वर्षे जवानीको मात नै रमाइलो
औंशीका रात भए प्रिय मलाई
तिम्रो समिप हुदा यो रात नै रमाइलो
खै के हो माया? परिभाषा जान्दिन
तर यो माया भन्ने जात नै रमाइलो
हुन्छ भन्छन कोही मायामा पनि धोका
तिमीले दियौ भने धात नै रमाइलो
