Skip to content

तिमी बिना


तिमीबिना यहाँ हाँस्न सकिन ।
पराईसँग नाता गाँस्न सकिन ।

तिमीबाट धेरै टाढा छु यहाँ
तिमीबिना एक्लै बाँच्न सकिन।

कति मिठो माया गरेकी थियौ
हो त्यो मिठो माया मास्न सकिनँ ।

मर्न पनि गएँ बाग्मतीसम्म
तिम्रो याद आयो पस्न सकिनँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *