Skip to content

बन्धना (गजल)


मेरो मनको बन्धनमा बस्छौ त बन्धना
मलाई पनि थोरै माया गर्छौ त बन्धना

दिन रात तिम्रै याद आउने गर्छ मलाई
सुखदुख मिलेर भाग लगाउछौ त बन्धना

त्यो चादनी जस्तो मुहार भुल्न सकिन
मेरो जीवनको सहारा बन्छौ त बन्धना

खै कस्तो माया गर्छौ बुझ्न सकिन मैले
मसँगै जिउने कसम खान्छौ त बन्धना

Leave a Reply

Your email address will not be published. Required fields are marked *