सबका घरमा बत्ती बलाउदै तिहार आयो
आँगनीमा मखमली फुलाउदै तिहार आयो
गैरी खेतमा असारमा रोपेको धान थियो
त्यही धानका बाला झुलाउदै तिहार आयो
कति रमाइलो छ यो जिन्दगी नेपालीको
सब जनका रहर चुलाउदै तिहार आयो
घरगाउँमा छुट्टै रौनक छ अचेल
आफन्त जनको भेट गराउदै तिहार आयो
